अमेरिकाद्वारा अफगानिस्तानमा नयाँ स्याटेलाइट च्यानल सञ्चालन « Khabarhub

अमेरिकाद्वारा अफगानिस्तानमा नयाँ स्याटेलाइट च्यानल सञ्चालन


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको सरकार चलाइरहेको तालिबानले अमेरिकी मिडिया नेटवर्क भ्वाइस अफ अमेरिका बन्द गरिदिएपछि अमेरिकाले अफगानिस्तानलाई लक्षित गरी नयाँ स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याएको छ ।

भ्वाइस अफ अमेरिकाले जनाएअनुसार नयाँ च्यानलले अफगानिस्तानमा प्रयोग हुने पश्तो तथा दारी भाषामा सामग्री उत्पादन गर्नेछ ।

यसअघि तालिबानले भ्वाइस अफ अमेरिकाले अफगानिस्तानमा तालिबानका नीतिको विरुद्ध गएको र महिलालाई समाचार वाचन गर्न दिएको भन्दै भ्वाइस अफ अमेरिकालाई बन्द गरिदिएको थियो ।

अब भ्वाइस अफ अमेरिकाले ‘भ्वाइस अफ अमेरिका अफगानिस्तान’ नामक नयाँ च्यानल याहस्याट वाई–१ ए स्याटेलाइट (५२.२ डिग्री पूर्व) बाट प्रसारण गर्ने भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : ४५ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु