बिस्का जात्रासम्बन्धी फोटो प्रदर्शनी सुरु « Khabarhub

बिस्का जात्रासम्बन्धी फोटो प्रदर्शनी सुरु


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुरठिमीमा बिस्केट (बिस्का) जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी मंगलबारदेखि सुरु भएको छ ।

पर्यटन बोर्डको प्राङ्गणमा भएको प्रदर्शनी तीन दिनसम्म चल्ने छ । मध्यपुरठिमीमा हुँदै आएको जात्राका १०० भन्दाबढी फोटो प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनीमा जात्राको सुरुदेखि अन्त्यसम्मका फोटो राखिएका छन् ।

प्रदर्शनीको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा शुभारम्भ गरे ।

कार्यक्रममा मध्यपुरठिमी नगरपालिकाका प्रमुख श्रेष्ठले नगर क्षेत्रभित्रका जात्रा, पर्वका अमूर्त कलालाई विश्व सम्पदाका रूपमा पहिचान दिलाउन नगर लागिपरेको बताए ।

फोटो पत्रकार श्रेष्ठले मध्यपुर ठिमीमा धुमधामका साथ मनाइने बिस्का जात्राको ऐतिहासिक र सांस्कृतिक पक्षबारे अवगत गराउन प्रदर्शनी आयोजना गरिएको बताए ।

हरेक वर्षको अन्त्यसँगै नयाँ वर्षको सुरुआतमा ऐतिहासिक महत्वको बिस्का जात्रा मध्यपुरठिमी क्षेत्रमा मनाइँदै आइएको छ ।

जात्रा चैत ३०, वैशाख १ र २ गते मनाइने छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : १६ बजे

फर्किएनन् तीन सन्तान, मृत्यु दर्ताको प्रमाणपत्र माग्दै परिवार

भक्तपुर– सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशील समाज बस्तीका ६६ वर्षीय

स्थानिय तहमा सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख

कोशी प्रदेशसभाबाट आमसञ्चार विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा

ओली र लेखक दुवैका बन्दी प्रत्यक्षीकरण रिट खारेज, परमादेश जारी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको