रियल च्याम्पियन्स लिगको फाइनलमा « Khabarhub

रियल च्याम्पियन्स लिगको फाइनलमा


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइलनको दोस्रो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै रियल उपाधिनजिक पुगेको हो।

खेलको ७३ औं मिनेटमा रियाद महरेजको गोलमा अग्रता लिएको सिटीविरुद्ध ९० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १-१ को बराबरीमा पुर्‍याए।

इन्जुरी समयको छैटौं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । जसको कारण खेल समग्रमा ५-५ को स्थितिमा पुग्यो ।

त्यसपछि खेल अतिरिक्त समयमा गयो । र, करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३-१ को जित दिलाएर फाइनल पुर्‍याए।

अब रियलले उपाधि लागि २९ मे मा लिभरपुलसँग खेल्ने छ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ७ : २४ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका