नेकपा(एमाले)का अध्यक्ष केपी ओलीको भाषणको एउटा क्लीप अहिले निकै भाइरल भइरहेको छ। भिडियोमा ओलीले भनेका छन्, ‘माधव कुमार नेपालको त नाम पनि लिनुहुन्न, म एकछिनपछि मुख कुल्ला गरौंला। नाम किन लिने देशका कुलंघारहरुको ?’
पचास वर्षसम्म कम्युनिष्ट पार्टीमा सहयात्रा गरेका र मुलुकको प्रधानमन्त्री भइसकेका नेताप्रति प्रधानमन्त्री भइसकेका ओलीको यस्तो टिप्पणी अपाच्य थियो। एमालेमा ओलीलाई ‘राजनेता’ भन्ने गरिन्छ। प्रश्न उठछ, के राजनेताले बोल्ने भाषा यस्तै अशिष्ट र विषाक्त हुन्छ ?
अगुवाले नै बाटोमा मल छाडदै हिँडने अर्थ जनाउने एउटा प्रख्यात नेपाली उक्ति यतिबेला चुनावी प्रचारका क्रममा चरितार्थ भइरहेको छ।
अगुवाले नै बाटोमा मल छाडदै हिँडने अर्थ जनाउने एउटा प्रख्यात नेपाली उक्ति यतिबेला चुनावी प्रचारका क्रममा चरितार्थ भइरहेको छ। जसले आम जनतालाई सभ्यता, संस्कार, शिष्टता र भद्रता सिकाउनुपर्ने हो, उनै अगुवा अहिले बाटोमा अशिष्टता, अभद्रता र संस्कारहीनताका बाहक भएका छन्।
नेताका भाषण महजस्तो मिठो हुनुपर्नेमा गन्धक (अम्ल) र निम्बादी चूर्ण मिश्रित अवलेह झैं सुन्दा नै कानमा आगो बल्ने खालका हुन थालेका छन्। आलोचना र आक्रोश अचेल गाली र सत्तोसरापमा परिणत भएको छ। स्वस्थ प्रतिस्पर्धाको धज्जी उडाउँदै केही नेताहरु मानौं आगोको लप्का ओकल्ने ‘ड्रयागन’जस्ता देखिन्छन्।
‘पागल प्रलाप’को तीर कता ?
नेपाली कांग्रेसले निकै मेहनतका साथ चुनावी घोषणापत्र जारी गर्यो । घोषणापत्रमा कांग्रेसले दुई तिहाइ बहुमतको तात्कालीन नेकपा सरकारको कार्यकालको आलोचनात्मक समीक्षा गर्नु उसको कर्तव्य नै हो।
स्थिरता, सुशासन र समृद्धिको सपना देखाएर सत्तामा पुगेको तात्कालीन ओली नेतृत्वको नेकपा सरकारले कसरी जन संवेदनामाथि खेलवाड गर्यो भन्ने एक-एक व्याख्या हुनु पनि किमार्थ गलत होइन। कम्युनिष्टले जनभावना अनुसार काम नगरेकाले कांग्रेसलाई भोट दिनुस् भन्नु स्वभाविकै हो।
हाल प्रतिपक्षमा रहेको नेकपा (एमाले)ले आफूमाथि गरिएको आलोचनाको विषयगत र तथ्यगत आधारमा खण्डन र बहस गर्नसक्थ्यो। कांग्रेसको घोषणापत्रमा लेखिएका यी यी बुँदा सही या गलत छन् भनेर एमालेले विषयगत ढंगले बहस गरेर आफ्नो श्रेष्ठता साबित गर्नसक्थ्यो। र, यो जिम्मेवारी अध्यक्षका नाताले केपी ओलीकै हुन्थ्यो। एमालेले कांग्रेसको घोषणापत्रप्रति विषयगत बहस र छलफलको हिम्मत नै गरेन। सम्भवत जगजाहेर आफ्ना गल्ती कमजोरीमाथि सार्वजनिक बहस हुँदा आफ्नो साख अझ कमजोर हुने भयले होला, एमाले वास्तवमा कांग्रेसको घोषणापत्रसँग भिडनै सकेन। बरु, अध्यक्ष ओलीले राजनीतिक शिष्टता र मर्यादासमेत नाघेर भनिदिए, ‘यो पागलहरुको प्रलाप हो।’
एमालेले कांग्रेसको घोषणापत्रप्रति विषयगत बहस र छलफलको हिम्मत नै गरेन। सम्भवत जगजाहेर आफ्ना गल्ती कमजोरीमाथि सार्वजनिक बहस हुँदा आफ्नो साख अझ कमजोर हुने भयले होला। बरु, अध्यक्ष ओलीले राजनीतिक शिष्टता र मर्यादासमेत नाघेर भनिदिए, ‘यो पागलहरुको प्रलाप हो।’
एमाले अध्यक्ष ओलीको मुखै बैरी। यो त सबैले बुझेकै कुरा थियो। ओलीले केही बोल्यो कि उनी स्वयंलाई घाटा हुने कुरा बोल्छन्। तर, यो मामिलामा कांग्रेस महामन्त्री गगन थापाले पनि संयम अपनाएनन्। करीब करीब ओलीकै स्तरमा झरेर थापाले भनिदिए, ‘ओलीलाई म बालकोटमै गएर टयूसन पढाउँछु।’
चुनावका दुई मुख्य प्रतिस्पर्धी दलका शीर्ष नेताको यस्तो ‘निम्छरो’ आरोप प्रत्यारोप सुन्ने नयाँ पुस्ताका मतदाताले के सोचिरहेका होलान् ? उसले अगुवाबाट कस्तो संस्कार सिकिरहेको होला ? राजनीतिक भाषामा बढ्दै गएको यस्तो ‘भल्ग्यारिज्म’का कारण समाजमा फैलदो नकारात्मकताले उत्पन्न गर्ने निराशाको जवाफदेही हो ? भन्ने प्रश्न खडा भएको छ।
‘थुतुनो’सम्हाल
संगीत विधाका अनेक आयाममध्ये ‘र्याप गायन’ एउटा शैली हो। शास्त्रीय संगीतमा डुब्नेलाई आधुनिक, लोक, पप र र्याप मन नपर्नसक्छ। लोक गीत र दोहोरीमा झुम्नेलाई शास्त्रीय गायन झर्को लाग्नसक्छ। अनि र्याप ब्याटलमा हुटिङ गर्नेलाई गायनका अन्य शैलीमा फिटिक्कै रुची नहुनसक्छ।
एमाले अध्यक्ष ओलीको मुखै बैरी। यो त सबैले बुझेकै कुरा थियो। ओलीले केही बोल्यो कि उनी स्वयंलाई घाटा हुने कुरा बोल्छन्।
र्याप र हिपहप गायनमा केही यस्ता शब्दहरु पनि हुन्छन्, जुन कतिपय श्रोतालाई अभद्र लाग्नसक्छ। र्याप गायनको शैली नै यस्तै हो। यदि कसैले र्यापमा माधव घिमिरेका शब्द खोज्छ भने उसले र्याप नबुझेको हुनसक्छ।
काठमाडौं महानगरपालिकाको मेयरका लागि खडा भएका स्वतन्त्र उम्मेदवार बालेन शाहले गाएका गीतमा केही अभद्र शब्दहरु पक्कै होलान्। र्यापमा केही ‘स्ल्याङ वर्ड’ जसले पनि हालेकै हुन्छ। यो विश्वभरकै चलन हो, र्याप सुन्नेहरुले यसलाई ग्रहण गरेकै छन्।
उम्मेदवार शाहको ‘अभद्रता’ गायनमा होला, तर सार्वजनिक संबोधनमा उनको बोली निकै शिष्ट, मर्यादित र परिपक्व देखिन्छ। अहिलेसम्म उनले आफ्ना प्रतिद्वन्द्वीलाई अशिष्ट गालीगलौज गरेको पाइदैन।
यसको ठिक विपरीत, उनका प्रतिद्वन्द्वी एमालेका केशव स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलको चुनावी भाषणमा भने बारम्बार शाहप्रति हेपाहा र अभद्र शब्दको प्रयोग भइरहेको छ। भिटेन या शाहले ‘र्याप गायन’मा सीमित राखेका कतिपय अभद्र शब्दलाई स्थापितले चुनावी भाषणमै छरपस्ट पारेका छन्।
उम्मेदवार शाहको ‘अभद्रता’ गायनमा होला, तर सार्वजनिक संबोधनमा उनको बोली निकै शिष्ट, मर्यादित र परिपक्व देखिन्छ। अहिलेसम्म उनले आफ्ना प्रतिद्वन्द्वीलाई अशिष्ट गालीगलौज गरेको पाइदैन।
केही दिनअघि नेशनल कलेजमा आयोजित कार्यक्रममा स्थापितले आफूसँग ‘मिटू’बारे प्रश्न सोध्ने भावना राउतलाई निम्न कोटीको लांछना लगाए। उनले ‘नाइस लेडी, तर थुतुनो ठिक भएन’ मात्र भनेनन्, ‘के यो बैनीले वेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ ?’ भन्दै एकखालको धम्कीपूर्ण भाषा नै बोले, जसको व्यापक विरोध भइरहेको छ।
कुनै पनि उम्मेदवारले आफ्ना मतदाताको भावनाको सम्मान गर्नुपर्छ। आफ्नो छुद्र बोलीको सर्वत्र आलोचना भइरहँदा पनि स्थापितले गल्ती महसुस गरिरहेका छैनन्। बरु, मंगलबार मात्र उनले तिनै प्रश्नकर्ता राउतलाई ‘मान्छे नै हैन’ भन्नेसम्मका हेपाहा शब्द बोले।
मंगलवार नै मतदातासँगको एक अन्तरक्रिया कार्यक्रममा स्थापितले बालेन शाहप्रति ‘अन्र्तराष्ट्रिय ठग’को लांछना दोहोर्याए। उनले केही दिनअघि शाहलाई ‘काठमाडौंको ठकुरी शाह हैन, मधेसको साह रहेछ’ भनेर जातीय र क्षेत्रीय विभेदपूर्ण सोचले भरिएको हेपाहा टिप्पणीसमेत गरेका थिए।
कुनै पनि उम्मेदवारले आफ्ना मतदाताको भावनाको सम्मान गर्नुपर्छ। आफ्नो छुद्र बोलीको सर्वत्र आलोचना भइरहँदा पनि स्थापितले गल्ती महसुस गरिरहेका छैनन्।
सोही कार्यक्रममा स्थापितले प्रतिद्वन्द्वी मेयर उम्मेदवार सिर्जना सिंहमाथि पनि घुमाउरो पाराले अभद्र टिप्पणी गरे। उनले भने, ‘ठूलो वृक्षमा सबैको आँखा लाग्छ। बाँदर सेनाले गुलेलीले हान्छन्। रुखले निहुरिनुपर्छ। अरुले ढुंगा हाने पनि रुखले फल नै दिने हो। यो महिला (रश्मिला प्रजापति) बीच–बीचमा देखा पर्दैन। अनि चुनावको बेला प्रयोग हुन्छ। फल लागेको बेला बाँदर उफ्रिन्छ भनेजस्तै हो। बाँदर परेन होला, बाँदरको श्रीमती पर्यो होला, यति न फरक हो। यति भन्दा पनि महिला हिंसा हुन्छ भने हिंसा नै हो।’
प्रतिद्वन्द्वी उम्मेदवारप्रति अमर्यादित र तिक्त शब्द उच्चारण गर्ने मेयर उम्मेदवार स्थापितकै सिको गर्दै उपमेयर उम्मेदवार सुनिता डंगोलले पनि र्याप गीत गाउनेहरुको मान मर्दन गर्दै बोलिन्। उनले आफूले चुनाव जितेपछि एमपीथियटर बनाउने र कलाकारलाई गीत गाउन र नाच्न बोलाउनेसम्म भनिन्।
कलाकारको यसखालको अवमूल्यन भएको अग्रज पप गायक संजय श्रेष्ठलाई पटक्कै मन परेन। गायक श्रेष्ठले फेसबुकमार्फत एउटा कलाकार र गायकको विषयमा यस्तो छुद्र वचन बोल्ने व्यक्ति कुनै पनि हालतमा योग्य र विद्वान हुन नसक्ने धारणा राखे।
प्रतिद्वन्द्वी उम्मेदवारप्रति अमर्यादित र तिक्त शब्द उच्चारण गर्ने मेयर उम्मेदवार स्थापितकै सिको गर्दै उपमेयर उम्मेदवार सुनिता डंगोलले पनि र्याप गीत गाउनेहरुको मान मर्दन गर्दै बोलिन्।
‘जनता बीचबाट जो कोही पनि मुट्ठी कसेर स्वतन्त्र भएर जुर्मुराउन खोज्छ। जनता बीचबाट आफ्नो विचार र योजना लिएर उठेका त्यस्ता उत्साही व्यक्तिहरुलाई यस्तो अविवेकपूर्ण, गैरजिम्मेवार र उसको पेशालाई लिएर यस्तो लान्छना लगाउने बुद्धीहिन व्यक्ति कुनै पनि हालतमा काठमाडौको उपमेयर त के, वडा सदस्य हुन पनि लायक हुँदैन’, गायक श्रेष्ठले लेखेका छन्।
संस्कारको अभाव
विरोधीप्रति हदैसम्म तल्लोस्तरको गालीगलौज गर्ने प्रवृत्ति नेपालका कम्युनिष्ट पार्टीमा स्थापनाकालदेखिकै रोग हो। विरोधीलाई गद्दार, दलाल भन्नु कम्युनिष्टमा सामान्य मानिन्छ। कम्युनिष्ट जार्गनमा ‘साम्राज्यवादी, विस्तारवादी, प्रतिक्रियावादी, दलाल, प्रतिगामी, देश बेचुवा, नदी बेचुवा’जस्ता शब्द बितेका चार–पाँच दशकदेखि हामीले सुन्दै आएका छौं।
लोकतन्त्र स्थापनापछि पनि कतिपय कम्युनिष्ट नेतामा संस्कार र सभ्यताको विकास भएन। नेकपा विभाजनसँगै प्रारम्भ भएको निकृष्ट र निम्छरो गालीगलौजको सिलसिला अहिले पनि जारी छ। र, यसरी अरुलाई होच्याएर अशिष्ट, अभद्र र अमर्यादित गालीगलौजमा महारथ हासिल गरेका छन्, एमाले अध्यक्ष केपी ओलीले। अनि ओलीकै पथ पछयाउँदै अन्य कम्युनिष्ट नेता र कार्यकर्तामा पनि अभद्रताले सीमा नाघेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालदेखि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसम्म अशिष्ट गालीगलौजका मामिलामा कम देखिएका छैनन्।
ओलीकै पथ पछयाउँदै अन्य कम्युनिष्ट नेता र कार्यकर्तामा पनि अभद्रताले सीमा नाघेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालदेखि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसम्म अशिष्ट गालीगलौजका मामिलामा कम देखिएका छैनन्।
आक्रोशको अभिव्यक्ति शालिन र शिष्ट पनि हुनसक्छ। ‘जोरका धक्का धिरे से’ भन्ने हिन्दी उक्ती नै छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ओजपूर्ण भाषणमा कहिंकतै अशिष्टता सुनीदैन। तर, उनको शिष्ट भाषणले विपक्षीलाई ठाउँको ठाउँ पछार्ने गरेको छ। यही हो, एउटा नेतामा हुनुपर्ने गुण।
भारतमा आम आदमी पार्टीका तर्फबाट हालै पंजाब प्रदेशका मुख्यमन्त्री निर्वाचित भगवन्त सिंह मदिराका मामिलामा कुनैबेला चर्चामा आइरहन्थे। संसदमा पिएरै गइदिन्थे। एक पटक प्रधानमन्त्री मोदीले भगवन्तको पियक्कड शैलीप्रति पनि कटाक्ष गरे।
उनले यति मात्र भने, ‘यस्तो लाग्दैछ कतिपय दलको दिलो दिमागमा मात्र हैन, चारवाकको मन्त्र उनीहरुको जीवनमै काम लागेको छ। जति बाचिन्छ, मस्तीका साथ बाँच्ने, ऋण खोजेर भए पनि घिउ पिउने। सायद उतिबेला भगवन्त मान भएका भए घिउको साटो अरु कुनै चिज पिउने कुरा गर्थे होलान्।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ओजपूर्ण भाषणमा कहिंकतै अशिष्टता सुनीदैन। तर, उनको शिष्ट भाषणले विपक्षीलाई ठाउँको ठाउँ पछार्ने गरेको छ। यही हो, एउटा नेतामा हुनुपर्ने गुण।
बस मोदीले यति मात्र भनेका थिए, संसदमा भगवन्त मानले हंगामा नै गरे। तर, मोदीले चारवाक दर्शनका साथ शिष्ट भाषामा लगाएको आक्षेप गलत भने थिएन। आखिर, विधानसभा चुनावअघि नै भगवन्तमानले मदिरा नपिउने बाचा गरे र मुख्यमन्त्री पनि जिते।
हो, भारतीय राजनीतिमा अशिष्ट गालीगलौज नहुने हैन। कांग्रेस नेता राहुल गान्धीलाई ‘पप्पु’ र मोदीलाई ‘जुमले’ भन्नेहरु पक्कै छन् त्यहाँ। तर, शीर्ष नेतृत्व तहबाट निम्नस्तरको गाली गलौज कमै सुनिन्छ।
करीब असी वर्षको लोकतान्त्रिक अभ्यासका क्रममा भारतीय राजनीतिमा संस्कारको पक्ष केही हदसम्म सुखद छ। त्यहाँका नेता जनताप्रति उत्तरदायी हुने मामिलामा संवेदनशील हुन्छन्। आफूबाट कुनै अपशब्द प्रकट भएको खण्डमा विवेक प्रयोग गर्दै क्षमा माग्न पनि पछि पर्दैनन्।
सन् २०२१ जनवरीमा भारतीय जनता पार्टीका उत्तराखण्ड प्रदेश अध्यक्ष वंशीधर भगतले कांग्रेसकी वरिष्ठ नेता एवं विधानसभाकी प्रतिपक्षी नेता इन्दिरा हृदयेशमाथि सार्वजनिक रुपमै अभद्र टिप्पणी गरे। उनले भने, ‘हाम्री प्रतिपक्षी नेता भन्दैछिन् कि धेरै विधायक उनको सम्पर्कमा छन्। अरे बुढिया, तिमीसँग कसले पो सम्पर्क गर्ला र ? डुब्न लागेको जहाजसँग कसैले सम्पर्क गर्नेछैन।’
एउटी महिला नेतृलाई सार्वजनिक कार्यक्रममै ‘बुढीया’ भनेपछि हंगामा हुने नै भयो। अन्ततः उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले वंशिधर भगतको अशिष्ट टिप्पणीप्रति क्षमा मागे।
एउटी महिला नेतृलाई सार्वजनिक कार्यक्रममै ‘बुढीया’ भनेपछि हंगामा हुने नै भयो। अन्ततः उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले वंशिधर भगतको अशिष्ट टिप्पणीप्रति क्षमा मागे। उनले ट्वीट गर्दैै भने, ‘बहनजी, आज म अति नै दुःखी छु। महिला हाम्रा लागि अति सम्मानित एवं पूजनीय छन्। म व्यक्तिगत रुपमा तपाईं र ती सबैसँग क्षमा माग्छु, जो मजस्तै दुःखी छन्।’
आफ्नो दलका मेयर उम्मेदवार स्थापितले सबैका सामु प्रश्नकर्ता भावना राउतमाथि अभद्र टिप्पणी गरेपछि एमाले नेतृत्व गणले विवेक प्रयोग गर्र्दै स्थापितलाई क्षमा याचनाका लागि दबाब दिनसक्थ्यो। सर्वत्र विरोध भइरहेको र महिलाको संवेदनामा ठेस पुगेको विषयमा अध्यक्ष ओलीले नै स्थापितका तर्फबाट क्षमा माग्न सक्थे, जसरीमाथि उल्लेखित घटनामा मुख्यमन्त्रीले क्षमा मागे।
तर, हाम्रा नेतामा यस्तो संस्कार नै देखिएन। बरु ओलीले उल्टै नकारात्मक कोणबाट स्थापितको पक्षपोषण नै गरिदिए। उनले विश्वभरका पीडित महिलाले चलाइरहेको ‘मिटू अभियान’कै उपहास गरे। ‘चुनाव आयो कि मिटू’ भन्दै उनले ‘मिटू’को यसरी चित्रण गरे, मानौं महिलाले आफ्नो पीडा प्रकट गर्नै हुन्न।
‘निम्छरो’बोलीको अम्ल
प्रसंग २०७६ वैशाख २४ को हो। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा प्रतिनिधिसभाको बैठकमा तात्कालीन प्रधानमन्त्री ओलीले ‘निम्छरो प्रश्नको जवाफ नदिने’ बताए। ‘निम्छरो’ शब्द संसदीय परम्पराअनुसार मर्यादाविपरितको भएको भन्दै कांग्रेस सांसद्ले रेकर्डबाट हटाउन माग गरे। ओलीले त्यसबेला ‘आक्रोश, कुण्ठा र निम्छरा’ जस्ता शब्द प्रयोग गरेका थिए।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा प्रतिनिधिसभाको बैठकमा तात्कालीन प्रधानमन्त्री ओलीले ‘निम्छरो प्रश्नको जवाफ नदिने’ बताए। ‘निम्छरो’ शब्द संसदीय परम्पराअनुसार मर्यादाविपरितको भएको भन्दै कांग्रेस सांसद्ले रेकर्डबाट हटाउन माग गरे।
केही दिनपछि तात्कालीन सभामुख कृष्णबहादुर महराले वैशाख २४ को संसद बैठकमा प्रयोग भएका संसदीय मर्यादा विपरीतका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिए। त्यसबेला महराले भनेका थिए, ‘नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननीय प्रधानमन्त्रीज्युले स्पष्टिकरण तथा माननीय सदस्यको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु।’
नेकपाभित्र विवाद चर्किदै जाँदा प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि २०७६ असारमा ‘छौंडा’जस्तो अशिष्ट शब्दबाट विरोधीको उछित्तो काढेका थिए। त्यसबेला ओली सरकारले भारतबाट आयात गरिने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय गरको थियो र त्यसको व्यापक विरोध भएको थियो।
नेकपाभित्र विवाद चर्किदै जाँदा प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि २०७६ असारमा ‘छौंडा’जस्तो अशिष्ट शब्दबाट विरोधीको उछित्तो काढेका थिए।
तात्कालीन नेकपाकै केही नेताले सरकारको कार्यशैलीको विरोध गरेपछि रिमालले सामाजिक संजालमा लेखेका थिए, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्। कसैले छोड्छन्, दुःख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् कि कसैले छोडेका ?’
यद्यपि ‘छौंडा’ शब्द रिमालले भन्दा पहिला अध्यक्ष ओलीले पहिले नै प्रयोग गरिसकेका थिए। २०७३ साउन १४ मा मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी कलेजमा आयोजना गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल र भारत तथा चीनसँगको सम्बन्ध’ विषयक गोष्ठीमा ओलीले भनेका थिए, ‘मित्रराष्ट्रलाई मित्रकै हैसियतमा रहन आग्रह गर्दछु। छिमेकीले रातदिन छौंडा खेलाएर दुःख दिनु बेठिक कुरा हो।’
संवेनदशील विषयमा समेत नेताहरुले गैर जिम्मेवार ढंगले बोल्ने गरेका छन्। २०७७ पुस १५ मा सुदूरपश्चिमका ओली पक्षीय कार्यकर्ताले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले पुष्पकमल दाहाल र माधव नेपालको नामै नलिई उनीहरुले आफ्नो मृत्युको कामना गरेकोसमेत भनिदिए।
‘पोहोर म बिरामी परेँ, मरिहाल्छ भने। बैंकक गएँ, काठको बाकसमा फर्किन्छ भने। तर, म प्लेनको सिटमै फर्किएँ। अस्ति अप्रेसन भयो, इन्फेक्सन हुन्छ, अब गयो भने। उहाँहरूले भविष्यवाणी हुने खालको गर्नैहुन्न। म मर्न त मर्छु, उहाँहरूको आकांक्षा पूरा हुन्छ, अगाडि पछाडि कहिले कसको टुंगो हुँदैन। सत्य हो मर्छु। तर, मान्छे मरोस् भन्ने कल्पना विरोधी शत्रुलाई पनि गर्ने सभ्यता राम्रो हैन’, ओलीले भनेका थिए।
अरुले आफ्नो मृत्युको कामना गरेको भन्दै गुनासो गर्ने ओलीले सोही वर्ष पुस १९ मा काठमाडौंको कार्की बैंक्वटमा आयोजित कार्यक्रममा चाहिँ दाहाल र नेपाललाई ‘तपाईंहरु सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो’ नै भनिदिए।
‘तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो। तपाईंहरु सहिद त होइन, अब तपाईंहरुलाई कार्यक्रममा स्मरण गर्नुपर्ने आवश्यक छैन। खाली तपाईंहरुले धुलो उडाउनुहुन्छ, त्यसमा हामीले पानी छर्किनुपर्छ, त्यत्ति हो,’ ओलीको बोली थियो।
अरुले आफ्नो मृत्युको कामना गरेको भन्दै गुनासो गर्ने ओलीले सोही वर्ष पुस १९ मा काठमाडौंको कार्की बैंक्वटमा आयोजित कार्यक्रममा चाहिँ दाहाल र नेपाललाई ‘तपाईंहरु सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो’ नै भनिदिए।
२०७८ साउन २८ मा पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का सांसद मातृका यादवले ओलीको स्वाथ्यकै बारेमा असंवेदनशील टिप्पणी गरे। संसदमा विशेष समयमा बोल्दै यादवले ओलीलाई ‘मेन्टली र फिजिकली’ ठीक नभएको बताए। अनि त संसदमा हंगामा नै भयो। सभामुख अग्निप्रसाद सापकोटाले यादवले बोलेका शब्द रेकर्डबाट हटाए।
हालै मात्र ओलीले भनिदिए, ‘माधव नेपालको नाम लिएँ, केहीबेरमा मुख कुल्ला गरौंला ?’ यो कुनहदसम्मको शत्रुता हो ? आक्रोशको यो कस्तो अभिव्यक्ति हो ? अनि यो कस्तो राजनीतिक संस्कार हो ? के नेताहरुलाई राजनीतिक संस्कारकै टयूसन पढाउनुपर्ने अवस्था आएको हो ?
प्रतिक्रिया