गठबन्धनका उम्मेदवारको प्रतिबद्धता : ‘भ्रष्टाचारमुक्त जीतपुरसिमरा’ « Khabarhub

गठबन्धनका उम्मेदवारको प्रतिबद्धता : ‘भ्रष्टाचारमुक्त जीतपुरसिमरा’


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीतपुर – पाँच दलीय गठबन्धनका उम्मेदवारले जीतपुरसिमरा उपमहानगरपालिकाका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बुधबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी गठबन्धनका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

गठबन्धनबाट प्रमुख पदका प्रत्यासी राजन पौडेल र उपप्रमुख पदका प्रत्यासी मेघा शाहीले घोषणपत्र एउटा नमुना मात्रै भएको भन्दै यो भन्दा धेरै राम्रो काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । ‘हाम्रो योजना हल्ला गर्ने भन्दा पनि काम गर्ने छ । त्यसैले हामी अहिले धेरै बोल्न चाहँदैनौ’ प्रमुख पदका उम्मेदवार पौडेलले भने ।

विद्यार्थी राजनीति मार्फत नै स्थानीय तहमा चिनिएकी उप प्रमुख पदकी उम्मेदवार शाहीले घोषणा पत्र भन्दा बढी काम हुनेमा विश्वस्त हुन् आग्रह गरिन् । ‘हामीले अहिले स्थानीयले पत्याउने बुँदाहरूलाई मात्र समेटेका छौँ । हाम्रो योजना यतिमै सीमित छैन । हामीले राजनीतिज्ञको रूपमा गर्दै आइरहेको गतिविधिले पनि त्यसको झल्को दिएको हुनुपर्छ’ उप-प्रमुख पदकी उम्मेदवार शाहीले भनिन् ।

सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा प्रशासन व्यवस्थापन, कर प्रणाली, पर्यटन तथा संस्कृति, नगर प्रहरी तथा सुरक्षा व्यवस्थापन, समाज कल्याण, युवा खेलकुद तथा रोजगार, सूचना प्रविधि, वन तथा पर्यावरण, कृषि प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम, खानेपानी तथा सरसफाइ, बाटोघाटो तथा सडक सञ्चालन, औद्योगिक कोरिडोर व्यवस्थापन, गरिब तथा भूमिहीन व्यवस्थापन, सहकारी तथा संघ–संस्था व्यवस्थापन र महिला तथा बालबालिकाको क्षेत्रलाई विशेष जोड दिइएको छ ।

नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राई, मधेश प्रदेशका प्रदेशसभा सदस्य सुन्दरबहादुर बिश्वकर्मा, नेपाली काग्रेसकी महिला नेतृ नारायणी रायमाझी निरु, नेकपा माओवादी केन्द्रका हरि चैलागाइँ, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष कृष्ण खनाल नेपाली काँग्रेसका जिल्ला नेता राधादेवी साह, हरि थपलिया, पर्यटन अभियन्ता मोहन लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १० : १० बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन