सी डिभिजन लिग : आरसी ३२ को पाँचौँ जित « Khabarhub

सी डिभिजन लिग : आरसी ३२ को पाँचौँ जित


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले पाँचौँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बिहान भएको खेलमा आरसी ३२ ले ओएसीसी क्लबलाई ३–० ले पराजित गरेको हो ।

आरसीको जितमा विवेक सन्तोषी, प्रविन राई र आशिष लावतीले १–१ गोल गरे । आरसी ३२ का आशिष म्यान अफ द म्याच घोषित भए ।

अर्को खेलमा महावीर क्लब र रानीवन स्पोर्टस क्लब दिउँसो पौने १ बजे आमने-सामने हुनेछन् । महावीर ७ अंकसहित तालिकाको छैटौँ स्थानमा छ भने रानीवन ६ अंकसहित सातौँ स्थानमा छ ।

तेस्रो खेलमा खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र अपराह्न ४ बजे भिड्नेछन् । खालीबारी ५ अंकसहित ९ औँ स्थानमा छ भने समाज कल्याण ६ अंकसहित तालिकाको ९ औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ०० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना