ओटीटीमा  ‘आरआरआर’ को रिलिज तय  « Khabarhub

ओटीटीमा  ‘आरआरआर’ को रिलिज तय 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘आरआरआर’ ओटीटीमा रिलिज हुने भएको छ । 

एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट एघार सय करोड भन्दा बढीको कमाइ गरिसकेको छ । फिल्म अझै पनि केही स्थानमा प्रदर्शनरत छ । यद्यपि अब फिल्म ओटीटीमा समय आउने भएको छ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको फिल्मलाई दर्शकले नेटफ्लिक्स र जी फाइभमा हेर्न पाउनेछन् । फिल्मलाई हिन्दी भाषामा नेटफ्लिक्स र तामिल, तेलुगु, कन्नडा र मलयालम भाषाको भने जी फाइभमा हेर्न पाइने छ । हिन्दी बाहेकका अन्य भाषामा रहेको फिल्म यही महिना मेकै २० तारिखमा उपलब्ध हुनेछ । 

दर्शकमा फिल्म प्रति रहेको क्रेजलाई कायमै गर्न ‘आरआरआर’ लाई ओटीटीमा ल्याउन लागिएको निर्माण पक्षले बताएका छन् । ‘बाहुबली’ को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म  ‘आरआरआर’ प्रतीक्षित थियो । बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे । यो स्वाभाविक पनि हो ।

बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भएकै कारण दर्शकले फिल्मलाई मन पराएका छन् । फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ । फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । 

ब्रिटिसले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिसविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ३६ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका