अमेरिकाले पाँच वर्षमा नेपाललाई ७९ अर्ब ७१ करोडको विकास सहायता दिने « Khabarhub

अमेरिकाले पाँच वर्षमा नेपाललाई ७९ अर्ब ७१ करोडको विकास सहायता दिने


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र अमेरिकाबीच नयाँ पाँच वर्षे विकास सहायता सम्झौता भएको छ ।

अर्थ मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बीच आज उक्त सम्झौता भएको हो ।

सम्झौतामा दुवै देशका सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका थिए ।

पाँचवर्षे यस सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग तथा सहकार्यका बृहत् विकास क्षेत्रहरूको रूपरेखा कोरेको छ ।

सम्झौता अनुसार पाँच वर्षको अवधिमा अमेरिकाले ६५ करोड ९० लाख अमेरिकी डलर (करिव ७९ अर्ब ७१ करोड रुपैयाँ) विकास सहायता नेपाललाई उपलब्ध गराउने छ । उक्त अनुदानले नेपाललाई मध्यम आय भएको देश बनाउन सघाउने अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रसँगको साझेदारीमा अमेरिकी सहयोगले नेपालको दिगो विकासलाई अगाढि बढाउने बताइएको छ ।

सहायता रकम रेड बुकमा रेकर्ड गरिनेछ । यूएसएआईडीले यस सहायता सम्झौता अन्तर्गत सम्बन्धित मन्त्रालयहरूसँगको सहकार्यमा परियोजनाहरू विकास गर्नेछ र कार्यान्वयनमा ल्याउनेछ ।

पहिलो पटक अमेरिकी सहयोग पूर्ण रूपमा नेपाल सरकारको रेड बुकमा प्रतिबिम्बित हुने भएकाले सहायता सम्झौता दुवै सरकारका लागि प्रस्थान सम्झौता भएको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले बताए ।

यस वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ३ : ५५ बजे

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली