इराकमा बालुवाको आँधी, सास फेर्न समस्या आएपछि १ हजारभन्दा धेरै अस्पताल भर्ना « Khabarhub

इराकमा बालुवाको आँधी, सास फेर्न समस्या आएपछि १ हजारभन्दा धेरै अस्पताल भर्ना


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इराकमा बालुवाको आँधी आउँदा १ हजार जनाभन्दा धेरै अस्पताल भर्ना भएका छन् । बालुवाको आँधीका कारण श्वास प्रश्वासमा समस्या देखिएपछि १ हजार भन्दा धेरै अस्पताल भर्ना भएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

राजधानी बगदाद र पश्चिममा रहेको अनबरसहित इराकका १८ मध्ये ६ प्रान्त बालुवाको आँधीबाट प्रभावित भएको जनाइएको छ ।

अनबर प्रान्तमा मात्रै श्वास प्रश्वासमा समस्या देखिएका ७ सय जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारी अनस कइसलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । त्यस्तै, सलाहद्दिन प्रान्तमा अरु ३ सय जना अस्पताल भर्ना भएका छन् ।

यसबाहेक दिवानिया, नजाफ र अन्य केही प्रान्तमा पनि सयौँ मानिसहरु अस्पताल भर्ना भएको जनाइएको छ ।

पछिल्लो महिनामा इराकमा आएको यो सातौँ बालुवाको आँधी हो । बिहीबार सबेरै इराकको विशाल क्षेत्रमा चलेको तीव्र हावाले मरुभूमिबाट बालुवा उडाएको र यसबाट आकाश नै बालुवाले ढाकिदिएको अल जजीराले जनाएको छ ।

अनबरकिर्कुक प्रान्तका अधिकारीहरुले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ४ : १५ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने