युरोपले युक्रेनको छिमेकी मुलुक मोल्दोभालाई दिने सैन्य सहयोग बढाउने « Khabarhub

युरोपले युक्रेनको छिमेकी मुलुक मोल्दोभालाई दिने सैन्य सहयोग बढाउने


२२ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली युनियन ईयूले युक्रेनको पश्चिमी छिमेकी मुलुक मोल्दोभालाई दिने सैन्य सहायतालाई ‘उल्लेखनीय रुपमा बढाउने’ भएको छ ।

मोल्दोभा भ्रमणमा रहेका युरोपेली परिषद्का अध्यक्ष चार्ल्स माइकलले ईयूले मोल्दोभालाई दिँदै आएको सैन्य सहयोग बढाउने घोषणा गरेका हुन् ।

पछिल्लो समय युक्रेनमा रुसी आक्रमण जारी रहँदा मोल्दोभाको ड्निस्टर नदी पारी रुस समर्थित पृथकतावादीले कब्जा जमाएको क्षेत्र ‘ट्रान्सनिस्ट्रया’ मा श्रृङ्खलाबद्ध विष्फोटपछि तनाव बढिरहेका बेला युरोपेली परिषद्का अध्यक्षको यस्तो भनाइ आएको हो ।

‘सैन्य बललाई थप सैनिक सामग्री प्रादान गरेर यो वर्ष हामीले मोल्दोभालाई दिने सहयोगलाई उल्लेखनीय रुपमा बढाउने योजनामा छौँ ।’ मोल्दोभाकी राष्ट्रपति माया सन्दुसँगको संयुक्त पत्रकार सम्मेलनमा माइकलले भने ।

मोल्दोभाको ‘बन्दोबस्ती, साइबर रक्षा’ का क्षेत्रमा ईयूले सहयोग बढाउने उनको भनाइ छ । यसबाहेक ‘सैन्य निर्माणको थप क्षमता’ बढाउने समेत उनले बताए । यद्यपि यसबारे उनले थप विवरण उपलब्ध नगराएको कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

‘ईयू तपाईँहरू, मोल्दोभाप्रति पूर्ण ऐक्यबद्धता जाहेर गर्दछ । तपाईँहरूको राष्ट्रलाई सहयोग गर्नु हाम्रो युरोपेली दायित्व हो ।’ उनले भने ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ५ : ०० बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो