रेणु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नुहोस् : देउवा « Khabarhub

रेणु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नुहोस् : देउवा


२२ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेणु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्न कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरेका छन् । चितवनमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले चितवनको भरतपुर महानगरको मेयरमा रेणुलाई शंका नहुनेगरी सहयोग गर्न आग्रह गरेका हुन् । 

‘रेणु दाहालजीलाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नुहोस् । उहाँले पाँच वर्षमा गरेको विकास हेर्नुहोस् । त्यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ देउवाले भने, ‘बेरुजु नहुने एक मात्र नगरपालिका भरतपुर हो । अरु नगरपालिकामा धेरै बेरुजु छ ।’

रेणुले भरतपुरमा गरेको विकास देखेर आफू निकै खुसी भएको उनको भनाइ छ । प्रधानमन्त्रीसमेत रहेका देउवाले रेणुले मेयरमा अहिले नै चुनाव जितिसकेको बताए । 

आफ्नै पार्टीले बखेडा झिकिरहेको भन्दै उनले भने, ‘उहाँले जितिसक्नु भएको छ । तर, के गर्ने मेरै पार्टीका साथीहरूले बखेडा झिक्नुभएको छ ।’

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ५ : ०० बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने