हावाहुरीले स्कुलको छानो उडायो  | Khabarhub Khabarhub

हावाहुरीले स्कुलको छानो उडायो 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बुधबार आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका–७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभुत बिद्यालयको छानो उडाएको छ ।

बर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको जस्तापाता उडाएको हो । अहिले विद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला वर्षात हुने भएकाले बालबालिकाको पठनपाठनमा समस्या हुने स्थानीय पुरनसिंह ऐरले बताए । 

उक्त विद्यालयमा हाल कक्षा तीनसम्मको पढाइ हुन्छ भने करिब ६० जना विद्यार्थी छन् । छानो उडाउँदा जस्तापाताहरू छरिएका छन् । छरिए का सामग्री व्यवस्थापन नभए चोरी हुने सम्भावना बढी छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ४ : ५९ बजे

काभ्रेमा जनजीवन सामान्य बन्दै

काठमाडौं– नयाँ सरकार गठन भएसँगै गत मंगलबारदेखि ठप्प रहेको काभ्रेमा

कृषिजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन अनुरोध

काठमाडौं– कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता

गण्डकी– मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार

कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपामा कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक