जीवन बीमा कम्पनीहरूसँग अन्तरक्रिया « Khabarhub

जीवन बीमा कम्पनीहरूसँग अन्तरक्रिया


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार काठमाडौंमा बीमकको पूँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पूँजी वृद्धि गर्नै पर्ने बताए ।

लगानी अनुरूपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ति मार्फत पूँजी वृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने उल्लेख गर्नु हुँदै अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पूँजी बढाउनुपर्‍यो । नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुपर्‍यो । पूँजी वृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ ।”

पूँजी वृद्धिका लागि हकपद शेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्दै अध्यक्ष सिलवालले भने “बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुपर्‍यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्‍यो । सूचना प्रविधिमैत्री हुनुपर्‍यो । शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउनुपर्‍यो । दाबी भुक्तानी समयमै हुनुपर्‍यो । लगानीको प्रतिफल पनि बढ्नु पर्‍यो ।”

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पूँजी वृद्धिका लागि थप लगानी, बोनस शेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताए ।
कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पँगेनी बीमकको पूँजी बृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल तथा दिनेश कुमार लाल र जीवन बीमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ५ : ३१ बजे

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका