विदेशी मुद्राको सङ्कट बढ्दै गएका कारण श्रीलङ्कामा डिजेल अभाव « Khabarhub

विदेशी मुद्राको सङ्कट बढ्दै गएका कारण श्रीलङ्कामा डिजेल अभाव


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलङ्कामा विदेशी मुद्राको सङ्कट बढ्दै गएका कारण डिजेलको अभाव भएको त्यहाँको ऊर्जामन्त्रीले बताएका छन् ।

ऊर्जामन्त्री कञ्चना विजेसेकेराले संसद्लाई सम्बोधन गर्दै मुलुकमा दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने भएपनि सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले अहिले दैनिक १ हजारदेखि १ हजार ५ सय मेट्रिक टन मात्रै निकासी गरिरहेको बताए ।

अहिले मुलुकमा पेट्रोलको अभाव नभएको भन्दै दैनिक तीन हजार मेट्रिक टन पेट्रोल आपूर्ति हुने गरेको र बुधबार राति ४० हजार मेट्रिक टन पेट्रोल बोकेको जहाज श्रीलङ्का आइपुगेको उनले बताए ।

श्रीलङ्काले फेब्रुअरीदेखि डिजेल अभावको सामना गरिरहेको छ । यसका कारण दैनिक घण्टौँसम्म बिजुली कटौती हुने गरेको छ । अर्थमन्त्री अली साब्रीले बुधबार श्रीलङ्कासँग प्रयोगयोग्य विदेशी सञ्चितीमा ५ करोड अमेरिकी डलरभन्दा कम रहेको बताएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ५ : ५८ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६