बैतडीमा निर्वाचन आचारसंहिताको उल्लंघन « Khabarhub

बैतडीमा निर्वाचन आचारसंहिताको उल्लंघन


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– आगामी ३० वैशाखमा स्थानीयतहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आचारसंहिता जारी गरिए पनि कतिपय ठाउँमा आचारसंहिता उल्लंघन भइरहेको छ । 

निर्वाचन आचारसंहितामा प्रचार सामग्रीका लागि प्रयोग गर्न नहुने कुराहरूको प्रयोग गरेको पाइएको छ भने, स्थायी शिक्षक र केही कर्मचारीहरू चुनावी प्रचारमा दैनिक खटिएको पाइन्छ ।

राजनीतिक दलहरू ठूलो आवाजमा अडियो सामग्रीहरू डिजेमा घन्काउँदै आफ्ना उम्मेदवारको प्रचार गरिरहेको जताततै देखिन्छ । सर्व साधारणका लागि यात्रा गर्न गाडी पाउनै मुस्किल छ । प्रचारप्रसारका गाडीहरूका छतमा भरेर मान्छेहरू बोक्ने गरिएको छ । 

केही दलले चुनाव चिह्न अंकित लोगोहरू वितरण गरी प्रयोग गरिरहेकाछन् । यसैगरी बालबालिकालाई समेत चुनावको प्रचारमा खटाएको देखिन्छ ।

दशरथचन्द नगरपालिका वडा नम्बर १ स्थित मणिलेक माध्यमिक विद्यालयका शिक्षक हरिकृष्ण भट्ट नेपाली कांग्रेसको चुनावी प्रचारमा खटिएको भन्दै विपक्षी दलले आलोचना गरेकाछन् । 

यसअघि दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ मा वडाध्यक्षका उम्मेदवार दिनेश भट्टले भारतीय नम्बरको गाडी प्रचारमा प्रयोग गरेको भन्दै आलोचना भएको थियो । 

यस निर्वाचनमा विगतका निर्वाचनको जस्तो ठूला ब्यानर, टोपी तथा भेष्टको प्रयोग भने घटेको पाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ५ : ४६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना