स्वीकृति नलिइ पात्रो प्रकाशन गर्नेलाई स्पष्टीकरण | Khabarhub Khabarhub

स्वीकृति नलिइ पात्रो प्रकाशन गर्नेलाई स्पष्टीकरण


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिइ पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्नेलाई कार्यालयमा बोलाई स्पष्टीकरण सोध्न थालेको छ ।

समितिको गठन आदेशको दफा ७ को बुँदा (ञ)(ठ) अनुसार अनुमति नलिइ प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाहीको तयारीस्वरूप भौतिक उपस्थितिमै स्पष्टीकरण सोध्न थालिएको हो ।

पहिलो चरणमा नेपाल पञ्चाङ्गका पञ्चाङ्गकार नारायण नेपाललाई कार्यालयमै बोलाएर समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले मौखिकरूपमा स्पष्टीकरण माग गरेका अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले जानकारी दिए।

नेपाललाई एक सातापछि फेरि कार्यालयमा मौखिक स्पष्टीकरणका लागि उपस्थित हुने गरी तारेखमा छाडिएको उनले सुनाए । समितिको स्वीकृति नलिइ प्रकाशन भएको मुक्तिनाथ पञ्चाङ्ग (पात्रो) का पञ्चाङ्गकारलाई पनि कार्यालयमै उपस्थित भएर स्पष्टीकरण माग गरिने भएको छ । मुक्तिनाथका पञ्चाङ्गकार राजधानी बाहिर रहेकाले अर्को साता स्पष्टीकरण सोधिने समितिले जनाएको छ ।

यसैगरी समितिले अनुमति नलिइ प्रकाशन भएका भित्तेपात्रोको अनुगमनलाई पनि तीव्र बनाएको छ । अहिलेसम्मको अनुगमनका क्रममा चार दर्जन भित्ते पात्रो अनुमति नलिइ प्रकाशन भएको पाइएको छ । अहिलेसम्म समितिसँग अनुमति लिएर प्रकाशन हुने भित्तेपात्रोको सङ्ख्या भने एक हजार नाघेको छ । अनुमति नलिइ प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाही गर्न कार्यविधि बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिलाई निर्देशन दिएको छ ।

मन्त्रालयले समितिलाई कार्यविधिको मस्यौदा तयार पारी पेश गर्न निर्देशन दिएको हो । कार्यविधि स्वीकृत भएपछि अनुमति नलिइ प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाही गरिने भएको छ । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समिति गठन आदेश स्वीकृत गरेपछि पात्रो र भित्तेपात्रोले स्वीकृति लिनुपर्ने व्यवस्था नेपाल राजपत्रमा प्रकाशन भएको थियो । विसं २०७८ असारमा आदेश नेपाल राजपत्रमा प्रकाशन भएपछि यो व्यवस्था यसै वर्षको पात्रो र भित्तेपात्रो प्रकाशनदेखि कार्यान्वयनमा आएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ७ : १७ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि