रुसले आक्रमण सुरु गरेको सय दिनमा १ करोड ४० लाख युक्रेनी नागरिकले घर छोडे « Khabarhub

रुसले आक्रमण सुरु गरेको सय दिनमा १ करोड ४० लाख युक्रेनी नागरिकले घर छोडे


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले रुस–युक्रेन द्वन्द्वका कारण सय दिनमा झण्डै १ करोड ४० लाखभन्दा बढी युक्रेनी नागरिकले घर छाडेको अनुमान गरेको छ ।

सरकार सञ्चालित युक्रेनफर्म समाचार संस्थाले शनिबार सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार रुस र युक्रेनबीच युद्ध सुरु भएदेखि हालसम्म १ करोड ४० लाखभन्दा बढीले घर छाडेका हुन् ।

युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनका नागरिक अन्य छिमेकी देश र यूरोपका विभिन्न देशम शरणका लागि पुगेका छन् । चाँडै अन्त्य हुने मानिएको रुस युक्रेन युद्ध लम्बिएको छ ।

 

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ६ : ३५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी