दशगजा क्षेत्रबाट १९ वर्षीया किशोरीको उद्धार « Khabarhub

दशगजा क्षेत्रबाट १९ वर्षीया किशोरीको उद्धार


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ ।

दोधरा चाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले किशोरीको शनिबार साँझ उद्धार गरेको हो ।

किशोरीलाई भारततर्फ लग्ने कार्यमा संलग्न भारत उत्तर प्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका वर्ष २९ का पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले विशेष सूचनाका आधारमा बाबाथान प्रहरी चौकीका इन्चार्ज भट्टसँग समन्वय गरी दशगजा क्षेत्रबाट झुक्याएर भारत लान लागेको अवस्थामा किशोरीलाई उद्धार गरिएको बताए ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ८ : १७ बजे

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर