तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ « Khabarhub

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी गरिएको छ । तानसेन गुठी पाल्पाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई उजागर गर्दै तानसेनका पर्यटकीय गन्तव्यलाई देश तथा विदेशमा चिनाउने उद्देश्यसहित तीन दिने प्रदर्शनी आयोजना गरेको हो । 

यही पुस ६ गतेदेखि पाल्पा दरबार सङ्ग्रहालय परिसरमा चित्रकला तथा फोटो प्रदर्शनी भइरहेको छ । प्रदर्शनी भोलि (मङ्गलबार) सम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा तानसेनका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विषयवस्तु समेटिएका फोटा र चित्रहरू राखिएका छन् । 

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय भाषा, कला, संस्कृति र भेषभूषाले चित्रकला तथा फोटो प्रदर्शनीमा महत्त्व पाएका जानकारी दिए । प्रदर्शनीले आन्तरिक तथा बाह्य पर्यटकलाई तानसेनप्रति आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको छ ।

प्रदर्शनीले तानसेनको इतिहास, सभ्यता र पर्यटन सम्भावनालाई प्रचारप्रसार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रदर्शनीको अवलोकन गर्न पुग्नुभएका नगरप्रमुख श्रेष्ठले बताए । 

उनले भने, ‘प्रदर्शनीले स्थानीय कला र संस्कृतिलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने योजना बनाएको छ । यसले नगरको आर्थिक गतिविधि चलायमान बनाउन सकिन्छ भन्ने विश्वास जगाएको छ ।’ तानसेनमा थुप्रै पर्यटकीय र धार्मिक स्थलहरू भए पनि प्रभावकारी प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेकाले यस्ता प्रदर्शनीले महत्वपूर्ण हुने उनको  भनाइ छ । 

तानसेन केवल ऐतिहासिक सहर मात्र नभई जीवन्त संस्कृति बोकेको पर्यटकीय गन्तव्य भएकाले यस क्षेत्रको प्रचारप्रसारका लागि प्रदर्शनी आयोजना गरिएको तानसेन गुठी काठमाडौँका अध्यक्ष जीवनज्योती बज्राचार्यले बताए ।

तानसेन गुठी पाल्पाका अध्यक्ष शकुन्तला बज्राचार्यले मगरहरूको शासनकालदेखि सेन वंशीय शासकहरूले राज्य विस्तार गरेको इतिहास, राणाकालीन समयमा नेपालको प्रमुख प्रशासनिक केन्द्रका रूपमा रहेको तानसेनको गौरवशाली पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउनु आवश्यक रहेकाले फोटो प्रदर्शनी राखिएको उल्लेख गरिन् ।

तानसेन पर्यटन समितिका संयोजक सागरमान महर्जनले यस्ता सिर्जनात्मक कार्यक्रमहरूले पर्यटकलाई लामो समयसम्म तानसेनमा बस्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । प्रदर्शनी अवलोकनमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ । रासस
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : २४ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय