म्युजिक एण्ड फेसन अवार्डका मनोनितलाई प्रमाणपत्र | Khabarhub Khabarhub

म्युजिक एण्ड फेसन अवार्डका मनोनितलाई प्रमाणपत्र


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेश्रो संस्करणको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२२’को उत्कृष्ट ५ को मनोनयनमा परेका कलाकार तथा प्राविधिकहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई गत शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो।

तेश्रो संस्करणको नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२२मा विभिन्न ४० विधामा मनोनयन पत्र प्रदान गरियो । यस्तै नेपाल सर्ट फिल्म अवार्डको विभिन्न एक दर्जन विधाका मनोनयनलाई पनि कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो ।

विलक्षण क्रियसनको सहकार्यमा स्टार वान इन्टरटेनमेन्टद्वारा आयोजित कार्यक्रममा गायक यम बराल, निर्देशक एवम् अभिनेता नवल खड्का, गजित बिष्ट, संगीतकार राजेन्द्र बजगाईं, निर्देशक लक्ष्मण सुवेदी, मेरो बिमाका सिईओ शंकरबहादुर घिमिरे, नायव महाप्रबन्धक सविन भट्टराई, सेल्स अफिसर सुमित्रा कोइराला, गीतकारहरु सुरेश वाग्ले, निलकन्ठ सुवेदी, पूर्व गृह उपसचिब प्रेम शर्मा रेग्मीलगायतले सम्बन्धित कलाकारलाई प्रमाणपत्र प्रदान गरे ।

लोक, आधुनिक, पप, लोक दोहोरी, गजल, राष्ट्रिय, भाषाभाषी गीतहरुका गायक, गायिका, संगीतकार, गीतकार, भिडियो निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, नृत्य निर्देशक, संगीत संयोजकलगायतलाई कार्यक्रममा मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो ।

सन् २०११ जनवरीदेखि सन् २०२२ जनवरीको अन्त्यसम्मका सार्वजनिक भएका गीत संगीतले यसपटक अवार्डमा भाग लिएको पनि आयोजक बालकृष्ण पोखरेलले जानकारी गराएका छन् । अवार्ड आगामी असार ३ गते हुनेछ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १० : ५५ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका