दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या घट्दै « Khabarhub

दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या घट्दै


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या प्रतिदिन घट्दै गएको देखिएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा ९ हजार ८३५ जनामा सङ्क्रमण देखिएको छ ।

यसअघि अघिल्लो दिन अर्थात शुक्रबारमात्र कम्तीमा पनि १२ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको समाचारमा जनाइएको थियो । दक्षिण कोरियामा पछिल्लो केही हप्तामा सङ्क्रमण दरमा कमी आएको पाइएको हो ।

दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा त्यहाँ सङ्क्रमितको संख्या थोरै भएपनि घट्दै गएको पाइएको बताएका छन् ।

यसैसँगै कूल सङ्क्रमितको संख्या १ करोड ८१ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । अस्पताल भर्ना हुनेको संख्या भने न्यून छ । त्यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण हुने मृत्यु दर पनि कम रहेको पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ४ : १४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित