पुष्पाको भिलेन नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा « Khabarhub

पुष्पाको भिलेन नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गतवर्ष नेपालमा समेत साउथ इन्डियन फिल्मको दर्शक बढाउन सफल भएको भारतीय फिल्म ‘पुष्पा’ को भिलेन सुनिल वर्माले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । दक्षिण भारतीय फिल्मसँगै बलिउडमा समेत पछिल्लो समय चर्चामा रहेका सुनिलले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनय गर्ने भएका छन् । फिल्ममा सुनिलको अभिनय रहने फिल्मकी निर्मात्री तथा कलाकार नीता ढुंगानाले पुष्टि गरेकी छिन् । 

सुनिलजीले हाम्रो फिल्ममा अभिनय गर्ने तय भएको छ । उहाँलाई नेपाली फिल्ममा अभिनय गराउन पाउने खबर खुशी साथ सार्वजनिक गर्दैछौँ’ नीताले भनिन् । यस्तै फिल्मलाई भारतीय डिरेक्टर अफ फोटोग्राफी कबीर लालले खिच्नेछन् । फिल्ममा ‘गजनी’ का भिलेन प्रदीप सिंह रावतको पनि अभिनय रहने छ । फिल्म नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने भएकोले भारतीय प्राविधिक तथा कलाकारलाई समेटिएको निर्देशक चन्द्र पन्तले बताए । ‘फिल्म दुई भाषामा बन्दैछ । हामी कुनै सम्झौता बिना फिल्म तयार गर्ने तयारी गरिरहेका छौँ । भारतीय प्राविधिक कलाकार तथा प्राविधिक पनि संलग्न हुने भएकाले उहाँलाई लिएका हौं ’ निर्देशक पन्तले भने ।

फिल्मको छायांकन भारतको ‘रामोजी फिल्म सिटी’ मा छायांकन हुने भएको छ । फिल्मका लिड अभिनेता हरिहर अधिकारीले समाचारको पुष्टि गरेका छन् । हालै फिल्म निर्माण कम्पनी र फिल्म स्टुडियोबीच सम्झौता भएको हरिहरले बताए । संसारकै सर्वाधिक ठुलो फिल्म सिटीको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी हैदरावाद’ मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुन लागेको हो । बलिउड तथा दक्षिण भारका अधिकांश फिल्महरू उक्त स्टुडियोमा छायांकन हुँदै आएका छन् । निता फिल्म्सले भारतीय कम्पनी काकत्यान प्रोडक्सनसँग मिलेर फिल्म निर्माण गर्ने फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय प्राविधिकसँगै चिनिएका कलाकारहरु रहने निर्देशक पन्तले बताएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ८ : १५ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६