भारत निर्यात हुने नेपाली कृषि उत्पादनको परीक्षण अब बिहारमा « Khabarhub

भारत निर्यात हुने नेपाली कृषि उत्पादनको परीक्षण अब बिहारमा


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालबाट भारतमा निर्यात हुने नेपाली कृषि उत्पादनको परिक्षण अब भारतको बिहार राज्यमा हुने भएको छ ।

रक्सौलमा आइतबारदेखि खाद्य प्रयोगशाला सञ्चालनमा आएपछि नेपाली निर्यात व्यवसायीलाई गुणस्तर जाँच गर्न दिल्ली वा कोलकत्तामा नमूना पठाउनुपर्ने बाध्यता हटेको छ ।

नेपाली कृषि उत्पादनको भारतिय प्रयोगशालामा परीक्षण भई आएपछि मात्रै वस्तु निर्यात गर्नुपर्ने व्यवस्था छ । यस्तो व्यवस्थाका कारण नजिक खाद्य प्रयोगशाला नहुँदा दिल्ली वा कोलकत्तामा जानुपर्दा निर्यातकर्ता व्यवसायीलाई धेरै समय खर्चिनुपर्ने बाध्यता रहेको थियो । अब रक्सौलमै प्रयोगशाला संचालनमा आएपछि व्यवसायीलाई राहत भएको छ ।

आइतबार भारतका स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री मनसुख मण्डावियाले प्रयोगशालाको उद्घाटन गरे । नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रा राय यादवको पनि उपस्थिति थियो । भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित यस प्रयोगशालामा भारत निर्यात गर्ने नेपाली कृषि उत्पादनको गुणस्तर परीक्षण गरिनेछ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ९ : ३० बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी