एक साइकलयात्रीको सपना, संघर्ष र सफलता | Khabarhub Khabarhub

एक साइकलयात्रीको सपना, संघर्ष र सफलता



‘जीवन साइकलको यात्रा जस्तै हो । सन्तुलन बनाई राख्न निरन्तर अघि बढिरहनु पर्छ ।’
                                                                                         – अल्बर्ट आइन्स्टाइन

विज्ञानका पिता भनेर चिनिएका वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भने जस्तै जीवनको यात्रालाई सन्तुलन बनाइराख्न काठमाण्डौँका अजय पण्डित क्षेत्रीले साइकललाई सहयात्री बनाए । काठमाडौँको गोकर्णेश्वरको आरुबारीमा हुर्किएका अजयको जीवन र पहिचान साइकलले नै बनाएको छ ।

१० वर्षको उमेरमा साइकल सिक्न सुरु गरेका अजयले साइक्लिङ आफ्नो जीवनको अभिन्न अङ्ग हुन्छ भनेर कल्पना गरेका पनि थिएनन् । साइकल सिक्ने क्रममा काँडाघारी र सिस्नुघारीमा पस्दा शरीरमा लागेको चोटको सम्झना अजयलाई अहिले पनि झलझली याद आउँछ ।

खुसी हुनको लागि सुरु गरेको साइक्लिङले अजयलाई अहिले पाँच पटक राष्ट्रिय च्याम्पियन र पाँच पटक यता अट्ट्याक विजेता बनाइसकेको छ । कतिले उनलाई ठमेलस्थित ‘एम्टीबी कोग्स’का अजय दाई भनेर पनि चिन्छन् । उनको साइकलको रोचक यात्राबारे उनकै शब्दमाः

रमाइलोको लागि सुरु गरेको साइक्लिङ
एउटा रहर थियो साइकल । साइकलमा चढेपछि एउटा छुट्टै आनन्द आउने गथ्र्यो । उमेर बढ्दै गयो । साइकलसँगको लगाव पनि बढ्दै गयो । तर, शरीर अनुसारले एउटै साइकल मात्र चलाउन नमिल्ने । घरमा साइकल नहुने समयमा पनि भाडामा लिएर साथीहरुसँग घुम्न जाने गर्थे । साथीहरुसँग दिनभरको लागि साइकल भाडामा लिएर हामी काठमाडौँको सबै डाँडा पुग्ने गथ्र्यौ । साइक्लिङलाई नै प्रोफेसन बनाउने मानसपटलमा नै थिएन ।

जब साइकलिङको रेसबारे मेसो पाए
साइकलमा नै घुम्ने क्रममा साइकल रेस पनि आयोजना हुन्छ भन्ने थाहा पाए । थाहापाएसँगै मलगायत मेरा साथीहरुले रेसमा भाग लिने निधो ग¥यौँ । सन् २००५ मा तानले आयोजना गरेको साइकल रेस म र मेरा साथीहरुको लागि पहिलो रेस बन्न पुग्यो ।

करिब १६–१७ किलोमिटरको भक्तपुरदेखि काशीभञ्ज्याङसम्मको त्यो रेसमा जुनियर समुहमा मैले भाग लिएको थिए । नतिजा पनि राम्रो आयो । जुनियर समुहमा प्रथम भएको थिए ।

पहिलो रेस, के पनि थाहा थिएन
पहिलो रेस थियो । अनुभवको लागि लिएको थिए । काशीभञ्ज्याङ नाम सुनेको पनि थिएन । बाटो कस्तो छ पनि थाहा थिएन । अलिक नर्भस पनि थिए ।

बाटो अहिले जस्तो पनि थिएन । निकै चुनौतीपूर्ण बाटो थियो । तर म लगायत मेरा साथीहरुको प्रदर्शन भने सन्तोषजनक नै रह्यो । एउटा नयाँ अवसरको लागि ढोका खुलेको महशुश भयो ।

राष्ट्रिय साइकल रेस
पहिलो प्रतियोगितामा भाग लिएपश्चात साइकलको राष्ट्रिय प्रतियोगिता हुन्छ भनेर पनि जानकारी थिएन। तर, उमेर बढ्दै गयो साइकलबारे ज्ञान पनि बढ्दै गयो ।

साइकलिङ समुहमा सक्रिय भएकोले अग्रज दाइहरुले पनि राष्ट्रिय प्रतियोगिताको बारेमा अवगत गराए । पहिलो राम्रो नतिजाभन्दा पाएको रमाइलो अनुभवले राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रेरित ग¥यो ।

प्रतियोगिताअन्तर्गत टोखामा क्रस कन्ट्रीको ल्याब थियो । त्यसमा सहभागी भए । जुनियर समुहमा दोस्रो हुन सफल भएको थिए । अहिले सम्झिदा खुसी लाग्छ । जानी न जानी सुरु गरेको यात्राले यहाँ सम्म पु¥याएको छ । गल्ती गर्दै अनुभव बटुल्दै, सच्याउँदै, सिक्दै अगाडि बढेको महशुश हुन्छ ।

राष्ट्रिय साइकल प्रतियोगिताको उपाधी
सन् २००९ मा पहिलो पटक राष्ट्रिय साइकल प्रतियोगिताको उपाधी जिते । यसले ममा थप उर्जा र उत्साह थपिदियो । आफ्नो जिम्मेवारी बढेको महशुश भयो ।

मैले आफ्नो देशको लागि केहि गर्नुपर्छ, नेपाललाई विश्वमा चिनाउनु पर्छ भन्ने अनुभुति भयो । यससँगै मैले व्यवसायिक रुपमा नै साइकलिङ गर्ने निधो गरे ।

समयसँगै सिकेको पाठ
करिब दश वर्षको अन्तरालमा मैले आफुमा खेलाडी र व्यक्तिगत रुपमा धेरै परिवर्तन आएको महशुश गरेको छु । पहिलो पटक राष्ट्रिय प्रतियोगितामा उपाधी जितेसँगै करिब ५ देखि ६ वर्ष मैले देश विदेशको विभिन्न प्रतियोगिताहरुमा भाग लिए । राम्रो नतिजाहरु पाए । यो अन्तरालमा साइकलिङमा आफुलाई तिखार्ने अवसर प्राप्त भयो ।

यसबीच विभिन्न देशमा गएर साइकल रेसमा सहभागी हुने अवसर प्राप्त भयो । युरोपका करिब २५ भन्दाबढी देशहरुमा साइकलिङको नै कारण देशलाई चिनाउने अवसर प्राप्त भयो ।

अफ्रिका, अमेरिका, एसियाका थुप्रै देशहरुमा आयोजना हुने रेसमा सहभागी हुने अवसर जु¥यो । आफ्नो सपनालाई पछ्याउँदै गर्दा परिवारलाई पनि खुसी राख्न सफल भएको छु ।

आफुले गरेको निर्णयमा आफैलाई नै खुसी लाग्छ । जिम्मेवारी र सपनालाई लिएर अघि बढ्दाको हर्ष नै बेग्लै हुने रहेछ ।

यादगार लामो साइकल यात्रा
अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुको लागि तालिम गर्नुपर्ने थियो । सोहि तालिमको क्रममा काठमाण्डौँबाट पोखरा साइकल यात्रामा निस्केको थिँए । २०४ किलोमिटरको दुरी । पृथ्वी राजमार्गमा म र मेरो साइकल । राजमार्गमा गाडिको गति सबैलाई थाहा नै छ ।

गाडीहरुलाई आउने जानेको हतार थियो । म भने आफ्नै सपना सम्झेर उकाली ओराली दृश्य सबैको मज्जा उठाउँदै पेडल गर्दैँ पोखरा पुगे । बिहान ५ बजे निस्केको थिए । करिब ८ घण्टाको साइकलिङ पछि पोखरा पुगे । सम्झिँदा पनि खुसी लाग्छ ।

प्रारम्भिक दौरानमा नै निराश हुने
खेलकुदमा मात्र नभई जीवनमा पनि मानिसहरुले धेरै गल्ती गर्छन् । तर, गल्ती भयो भनेर हरेश खानु भने हुँदैन । मैले पनि धेरै गल्ती गरे । तर, त्यसबाट सिकेर, आफुलाई सुधारेर अगाडि बढे ।
प्रारम्भिक चरणमा नयाँ खेलाडी तथा साइक्लिस्टले पनि अत्याधिक मेहेनत गरेका हुन्छन् । यद्यपि, सोचेजस्तो नतिजा भने नआउन सक्छ । त्यो स्वभाविक हो । सन्तोषजनक प्रगति नभएको महशुश हुँदा निराश हुने प्रवृति भने नयाँ साइकलिस्टमा अलि बढी देखिन्छ ।

यो समस्या म नयाँ साइक्लिस्टमा अत्याधिक देख्छु । यस्तो गर्नु हुँदैन । खेल भनेको लडाई जस्तै हो । यहाँ प्रेरणाको निकै आवश्यकता पर्दछ । खेलकुदमा लागेर राष्ट्रिय स्तरमा आफ्नो नाम राख्न पक्कै पनि चुनौतीपूर्ण छ । यसमा दुई मत नै छैन । तर, आत्मविश्वासलाई निरन्तर कायम राख्नुपर्छ ।

वैज्ञानिक अनुसन्धानलाई पनि हेर्ने हो भने अन्य खेलमा भन्दा साइक्लिङमा एथ्लेटिटले नतिजा ढिला नै पाउने देखिएको छ । अन्य खेलमा जसरी १–२ वर्षको तालिमले साइक्लिङमा नतिजा पाउन निकै मुश्किल हुन्छ । कम्तीमा पनि पाँच वर्ष खट्नु पर्ने देखिन्छ । यसकारण पनि नयाँ साइक्लिस्टले धैर्यतालाई कायम राख्नु पर्छ र निराशालाई पराजित गर्नुपर्छ ।

खानपानमा ध्यानु दिनुको महत्व
साइक्लिङमा मात्र नभई सबै खेलकुद जीवनमा डाइटले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । जति महत्वपूर्ण हाम्रो शरीरलाई व्यायाम हुन्छ, त्यत्ति नै पोषक तत्वको पनि आवश्यकता पर्दछ ।

अहिले समाज स्मार्ट भइसक्यो । वैज्ञानिक आविष्कारले शरीरको आवश्यकता र स्थिति आफैले थाहा पाउनु सक्ने प्रविधिको विकास भइसकेको छ । उदाहरणका लागि फिट्नेस वाच । यस्तै किसिमको प्रविधिको प्रयोग गर्दै हामीले आफ्नो डाइटलाई पनि वैज्ञानिक विधिले प्लान गर्न सक्छौं ।
यदि पोषण र तालिमलाई मिलाएर लैजाने हो भने तालिमको समय घटेपनि नतिजा भने प्रभावकारी रुपमा ल्याउन सकिन्छ ।

हरेक खेलाडीलाई उर्जाको लागि आवश्यक पर्ने कार्बोहाइड्रेट नै हो । नेपालको भौगोलिक अवस्था र खानपिनको प्रवृतिलाई पनि हेर्ने हो भने हाम्रो खानामा कार्बोहाइड्रेटयुक्त खाना बढि रुचाउने गरिन्छ ।

हाम्रो नेपाली खाने शैली छ, त्यो पक्कै पनि पोषणयुक्त नै छ । र, मध्यमवर्गीय परिवारका खेलाडीहरुले सुरुवाती दिनमा सोहि डाइटलाई मात्र निरन्तरता दिँदा पनि साइक्लिस्टलाई निकै फाइदा गर्दछ ।

तर, खानाको मात्रा भने ठिक्क रुपमा खाने अनुशासनको विकास गर्नु पर्दछ । जसरी औषधी पनि मात्राभन्दा बढि सेवन गरे शरीर बिग्रन्छ । हाम्रो पोसिलो खाने शैली पनि त्यस्तै हो । मात्रा मिलाउन जरुरी छ । खाने समयको पनि आकलन हुन जरुरी छ । आराम पनि त्यति नै जरुरी छ ।

यसकारण प्रारम्भिक दिनमा दिनहुँ खाने खानेकुरालाई ध्यान दिएर राम्रो बानीको विकास गर्न उपयुक्त हुन्छ । विस्तारै अनुभव बढेसँगै, ज्ञान बढेसँगै, तालिम बढेसँगै, सम्भवतः स्पोन्सर पाएसँगै खानपिनको पोषण लिने प्रक्रियामा स्वतः परिवर्तन आउँदै जान्छ ।

साइकलिङमा शरिरको माथिल्लो भागको पनि उत्तिकै महत्व
साइकलिङमा जति महत्वपूर्ण हाम्रो शरिरको तल्लो भाग हुन्छ । त्यति नै माथिल्लो भाग पनि हुने गर्दछ । साइकलिङले शरिरको सबै भागलाई सक्रिय बनाउन मद्दत गरेको हुन्छ । अहिले साइकलिङलाई सहयोग गर्न ‘क्रसफिट तालिम’को सुरुवात भएको छ । साथै दौडले पनि साइक्लिङलाई सहयोग गर्दछ ।
नेपालको अहिलेको अवस्था हेर्ने हो भने पनि खेलाडी वा एथ्लेटिटको लागि निरन्तर तालिमको एउटा व्यहोरा नबनेको देखिन्छ । अधिकांश तालिम खेलाडी आफैले नै गरेको देखिन्छ ।

अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु, दक्षिण एसियाली वा एसियाली प्रतियोगिता अगाडि भने राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल साइक्लिङ संघले संघले प्रशिक्षकको व्यवस्था गर्ने गर्दछन् । अन्य समयमा भने खेलाडी आफ्नै जोडबलमा शरिरलाई स्वस्थ राख्ने गर्दछन् ।

साइकलिङको लागि उच्च उचाइको तालिम
समुन्द्री सतहभन्दा उच्च उचाइमा गरिने तालिम साइकलिङको लागि पक्कै पनि एउटा प्लस प्वाईन्ट हो । यो नेपाली साइकलिस्टहरुको लाभ हो । उच्च उचाइमा गरेको तालिमले शरिरमा अक्सिजनको मात्रामा वृद्धि गराउँछ ।

खेलको एक हप्ता–दश दिन अगाडि गरेको यस्तो तालिमले समथर ठाँउमा प्रतिस्पर्धा गर्दा उर्जामा वृद्धि गर्दछ । तर, अत्याधिक तालिम भने कम उचाइमा नै गरेर शरिरलाई निर्माण गर्नुपर्दछ ।

साथै तालिम कुन ठाँउमा गर्ने भन्दा पनि कसरी गरिएको छ भन्ने कुरामा निर्भर गर्दछ । कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा एक साइक्लिस्ट वा खेलाडीले राम्रो प्रदर्शन गर्न खेलाडी एक्लैको मेहेनेतले पर्याप्त पक्कै हुँदैन ।

त्यसको लागि सम्बन्धित निकायले, व्यवस्थापन समितिले सो खेलाडीको लागि राम्रो प्रशिक्षकको साथै आर्थिक सहयोग, खेलाडीको सुविधा र आवश्यकताको पनि ख्याल गर्नुपर्दछ । तालिम गर्ने प्रणालीको गुणस्तर उच्च हुनु पर्छ । तर व्यवस्थापन पक्षलाई पनि ध्यान दिनुपर्छ ।

आफ्नो प्रेरणाको स्रोत आफै बन्नुपर्छ
सबै जनाको आफ्नो आफ्नो प्रेरणा हुन्छन् । प्रारम्भिक दिनहरुमा मैले पनि विभिन्न ठाँउबाट प्रेरणा लिने गर्थे । युरोपेली साइक्लिस्टहरुलाई पनि अध्ययन गरेर नै अगाडि पनि बढे ।

तर, अरुको पाइलामा अघि बढ्नेभन्दा पनि मैले देखेको सपनाको लागि मैले कसरी काम गर्नुपर्छ भन्ने मेरो एउटा भिजन पहिले देखि नै थियो । आफुलाई सबै भन्दा बढी आफँैले नै प्रेरणाको स्रोत बन्नु पर्छ भन्ने पनि मेरो विश्वास रहेको छ ।

त्यसमा मैले गरेको विश्वास र त्यस सपनालाई वास्तविक बनाउन गर्नु पर्ने मेहनत म आफैँले नै गर्नुपर्छ भन्ने मेरो सिद्धान्त रहेको छ ।

नेपालमा प्रोफेश्नल साइक्लिस्टको अवस्था
नेपालमा साइक्लिङमा मात्र निर्भर रहेर जीवनयापन गर्ने स्थितिको सिर्जना हुन अझैँ बाँकी छ । विभागीय टोली जस्तै एपीएफ र त्रिभुवन आर्मी जस्तो छातामा भए केहि हदसम्म सम्भव पनि छ ।

स्वतन्त्र रुपमा साइक्लिङमा मात्र केन्द्रित भएर अगाडि बढ्छु भन्दा चुनौतीहरु धेरै नै हुन्छन् । तर, मैले सुरु गर्ने बेला र अहिलेको अवस्थालाई हेर्ने हो भने अवस्थामा धेरै सुधार छ । यो अवस्थालाई अझै सुधार्न सक्ने पर्याप्त ठाँउहरु छन् । नेपालमा साइक्लिङलाई स्कोप अवश्य छ । यसको विकासको लागि साइक्लिङको नेतृत्व गर्ने अधिकारीहरुले अझै व्यापक रुपमा जोड दिनु पर्ने देखिन्छ ।

नेपाली साइक्लिस्टको चुनौती
नेपालको लागि साइक्लिङ भनेको आउटडोर स्पोर्टसमा पर्दछ । हाम्रो देशमा साइक्लिङ कुनै स्टेडियम भित्र हुने गर्दैन् । साइक्लिस्टका लागि एउटा निर्धारित तालिम गर्ने ट्रेलको पनि अभाव छ ।

खेलाडीले स्वेच्छाले ट्रेनिङ गर्ने ट्रेलको पक्कै अभाव छ । साइक्लिस्टले जति पनि तालिम गर्छन् । सवारी साधन, मान्छे हिँड्ने र जनावरको पनि उपस्थितिमा तालिम गर्नु पर्ने बाध्यता छ । तालिमको लागि एउटा निर्धारित ट्रेलको अभाव नेपाली साइक्लिसटको लागि चुनौती रहेको महसुस हुन्छ ।

खर्चिलो साइक्लिङ खेल
साइक्लिङलाई म मध्यमवर्गीय परिवार अनुकुल खेलभन्दा पनि महंगो खेलको रुपमा नै लिन्छु । किनभने औसत साइकलको मुल्य पनि मध्यमवर्गीय परिवारको लागि महंगो नै हुने गर्छ ।

तर, सुरुवात नै गर्न नमिल्ने भन्ने होइन । सुरुवाती दिनमा सस्तो साइकलले पनि निकै मद्दत पु¥याउने गर्दछ । म आफैले पनि सस्तो साइकलबाट सुरु गरेर विस्तारै अपग्रेड गर्दै लगेको हो ।

जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै हो । इच्छाशक्ति उच्च गरेर सुरु ग¥यो भने पक्कै पनि एकदिन महङ्गो लाग्ने साइकललाई सस्तो बनाउन सकिन्छ । तर, सुरु भने गर्नु पर्दछ ।

प्रारम्भिक साइक्लिस्टका लागि योग्य साइकल
बजारमा साइकलमा प्रयोग गरेका धातु अनुरुप साइकलको मुल्यमा फरक पर्ने गर्दछ । नेपाली बजारमा स्टिल, आल्मुनियम, कार्बन आदि धातुका साइकलहरु उपलब्ध छन् ।

प्रारम्भिक साइकलिस्टहरुको लागि भने आल्मुनियम बडीबाट नै सुरुवात गर्दा राम्रो हुन्छ किनभने यो धातु दिगो र भरपर्दो हुन्छ ।

सुरुमा नै कार्बन धातुको साइकल लिँदा खर्चिलो हुन्छ । लड्दा पनि साइकलको ढाँचामा नै परिवर्तन हुने जोखिम रहन्छ । साथै किन्दाको लगानी र मर्मत खर्च पनि बढी हुन्छ ।

नेपालमा उदाउँदै गरेका साइकल विधा
साइकलिङको पनि थुप्रै विधाहरु छन् । जस्तै, क्रस कन्ट्री, ट्रेल, माउन्टेन बाइकिङ, रोड साइक्लिङ आदि । यूरोपेली राष्ट्रहरुमा रोड साइक्लिङ बढि रुचाइन्छ ।

नेपालमा अहिले इन्ड्युरो साइक्लिङ, डाउन हिल र क्रस कन्ट्री जस्ता विधालाई रुचाइरहेका छन् । इन्ड्युरो साइक्लिङ भने नेपालमा अहिले पछिल्लो समय फस्टाउँदै गएको देखिन्छ ।

साइक्लिङका फाइदा
साइक्लिङ खेलकुद मात्र नभई वातावरणमैत्री र स्वस्थ्यमैत्री खेल हो । यसले वातावरण जोगाउन मद्दत गर्छ । साइक्लिङले मानिसलाई स्वस्थ्य बनाउँछ । उदाहरण म आफै हुँ । साइकलिङ गरेको दिन र नगरेको दिनमा हुने ऊर्जा  नै बेग्लै महसुस गर्ने गर्छु ।

सकेसम्म साइकल चलाउनुहोस् । यूरोपमा साइकलको प्रयोग गर्ने जनसंख्या करिब ८० देखि ९० प्रतिशत पुगिसकेको छ । हामीले पनि छिट्टै नेपाललाई साइकलमैत्री बनाउनुपर्छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : १९ बजे

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म