कांग्रेस पदाधिकारी बैठक बस्दै, कोइराला समूहको पाँच बुँदे असन्तुष्टि « Khabarhub

कांग्रेस पदाधिकारी बैठक बस्दै, कोइराला समूहको पाँच बुँदे असन्तुष्टि


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा तीन विषयमाथि छलफल हुने  मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गरिनेछ ।

कोइराला समूहको पाँच बुँदे असन्तुष्टि

आजको बैठकमा शेखर कोइराला समूहले पाँच बुँदे असन्तुष्टि जाहेर गर्ने भएको छ । पार्टीका सबै विभागमा ४० प्रतिशतको दाबी गर्दै आफूहरूले असन्तुष्टि जाहेर गर्ने तयारी गरेको केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिएका छन्।

गत बिहीबार बसेको कोइराला समूहका बैठकले सरकार भ्रष्टाचारमा लिप्त भएको, सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचनात्मक विद्रोह’ गर्ने निष्कर्ष निकालेको थियो । महामन्त्री गगन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांश नेताको उपस्थिति रहेको थियो ।

कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ८ : ३३ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल