माओवादी केन्द्रको बैठकमा आज प्रचण्डले जवाफ दिने « Khabarhub

माओवादी केन्द्रको बैठकमा आज प्रचण्डले जवाफ दिने


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।

आइतबार सुरु भएको बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदन माथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको आज अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको हो।

९ वटा एजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भूगोलबाट रिपोर्टिङ भएको थियो । दोस्रो दिन केन्द्रीय सदस्यहरूले केन्द्रीय नेतृत्व माथि प्रश्न गरेका थिए ।

माओवादीमा पदाधिकारी चयनलगायतको विषयमा बहस चलिरहेको छ। महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ८ : ४० बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल