वर्षायाममा डेंगी रोगको प्रकोप र बच्ने उपाय « Khabarhub

वर्षायाममा डेंगी रोगको प्रकोप र बच्ने उपाय



प्राय तराईमा देखिने डेंगी रोगको प्रकोप पछिल्लो समय पहाडी भेगसँगै काठमाडौंमा पनि देखिन थालेको छ। नेपालमा केही वर्ष यता डेंगी प्रकोपका रुपमा देखिँदै आएको छ। सन् २०२२ सुरु भएदेखि अहिलेसम्म ३१ जिल्लाबाट ८३ जनामा डेंगीका बिरामी भेटिएका छन्।

एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट भाइरसको संक्रमण भाइस सर्ने डेंगी रोग अहिले प्रकोपको रुपमा देखिएको छ। यो रोगको संक्रमण ३१ जिल्लामा देखिएको छ।

चिकित्सकका अनुसार वर्षातको समयमा यो रोग बढी देखापर्छ। सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि विकास हुन्छ। डेंगीको भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ।

यो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ। धेरै मानिसमा डेंगीको संक्रमण देखिए लगत्तै यसले अहिले महामारीको रुप लिन सक्छ कि आशंका पनि बढ्न थालेको छ।

अहिले सामान्य टाउको दुखाइ तथा ज्वरोमा समेत डेंगीको जाँच गराउन अस्पताल पुग्ने गरेका छन्। काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, टेकुमा दिनदिनै ठूलो संख्यामा मानिस डेंगीको जाँच गराउन जानेको लाइन पनि देख्न सकिन्छ।

डेंगी एक भाइरस हो। यो डेंगीका (१, २, ३ र ४ गरी) चार वटा सेरोटाइप हुन्छन्। एउटा सेरोटाइपले संक्रमण गरे संक्रमितको शरीरमा त्यो सेरोटाइपविरूद्ध एन्टिबडी बन्ने गर्छ। तर, त्यसले अर्को सेरोटाइपहरूबाट प्रतिरक्षा भने गर्दैन।

एक व्यक्ति चार पटकसम्म संक्रमित हुनसक्छन्। चारै सेरोटाइपहरू नेपालमा प्रमाणित भैसकेका छन।

डेंगी ज्वरोलाई कसरी बुझ्न सकिन्छ ?
प्रि–मनसुन र मनसुनको सिजनमा फैलिने रोगको प्रकोप अन्य सिजन भन्दा धेरै बढेको पाइन्छ। यो सिजनमा डेंगी, स्क्रवटाइफस जस्ता रोग पछिल्लो वर्ष भन्दा यो वर्ष बढेको पाइन्छ।

गत वर्षको डाटा अनुसार झन्डै ५८ जिल्लामा देखिएको थियो। अहिलेको वर्षको डाटा अनुसार ३१ वटा जिल्लामा पाइएको छ। डेंगी एकै ठाउँमा धेरै भएको पाइदैन, छिटफुट मात्र देखिने गर्छ।

एकै ठाउँमा बढी देखियो भने सम्बन्धित निर्देशनालय, सम्बन्धित जिल्ला र पालिकालाई निगरानी गर्न भनेका छौं। डेंगी नोटिफाइबल डिजिज अन्तर्गत पर्छ। कतिपय प्राइभेट सेक्टरले केस आइडेन्टिफाई भए पनि रिर्पोट डिले गरेको देखिन्छ। रिपोर्टिङ भइपछि हामीले त्यसको रिफलेक्सन हरेक प्रदेश, जिल्ला, पालिकालाई दिने गरेका छौँ।

डेंगी ज्वरो हो भनेर कसरी थाहा पाउन सकिन्छ ?
सबै अस्पताल र स्वास्थ्य संस्थामा कन्ट्रोल स्ट्राटेजीमा डेंगी रोग छ। स्क्रवटाइफसलाई पनि गाइडलाइन बनाएका छौँ। त्यो गाइडलाइन स्वास्थ्य चौकी तहसम्म सर्कुलर भएको छ। कसैलाई डेंगी आफै ठिक हुने पनि देखिएको छ।

कसैलाई ज्वरो आयो भने समस्या हुन्छ। सबै स्वास्थ्यकर्मी साथीलाई फिवरको प्रोफाइल जानकारी गराएका छौँ। उहाँहरुले टेष्ट गरिरहनु भएको छ। सामान्यतया अरु संक्रमण जस्तै डेंगी हुदाँ ज्वरो आउने, आँखा अगाडिको भाग दुख्ने, शरीर गल्ने, टाउको दुख्ने हुन्छ। यस्तो समस्या आफै निको भएर जान्छ।

कसैलाई ब्लिडिङ सिस्टममा समस्या देखियो, प्लेटलेट्स कम भयो भने रातो डावर देखिने, फोका जस्तो देखिने, रगतको डावर देखिने हुन्छ। यस्ता लक्षण देखिनासाथ अस्पताल गएर जाँच गर्नुपर्छ। अनि मात्रै बिरामीको समयमा नै उपचार हुन्छ।

एकबाट अर्कोमा सर्ने माध्यम लामखुट्टे
डेंगी भाइरस बाट लाग्ने रोग हो। डेंगी भएको व्यक्तिलाई लामखुटटेले टोकेर अर्को निरोगी व्यक्तिलाई टोक्यो भने डेंगी सर्ने गर्छ।

यो लामखुटटेबाट नै सर्ने गर्छ। अन्य कुनै तरिकाले डेंगी सरेको पाइँदैन। हाम्रो देशको सन्दर्भमा एजिप्टाई भन्ने प्रजातीको लामखुटटेले टोकेर डेंगी सरेको पाइन्छ।

अहिलेको अवस्था के छ ?
अहिलेको अवस्था हेर्ने हो भने ३१ वटा जिल्लाबाट रिर्पोटेड भएको छ। तर, केस त्यति धेरै छैन। गत वर्ष नेपाली आर्थिक वर्ष अनुसार ५८ जिल्लाबाट झन्डै ४ सय ८७ वटा डेंगीको केस पाइएको थियो। तर, यो वर्ष लगभग ८७ वटा केस मात्र पाइएको छ।

तराईका जिल्लामा मात्र नभएर पहाडी र हिमाली जिल्लामा पनि पाइएको छ। डेंगी एक ठाउँमा मात्र नभएर सबै ठाउँमा देखिन लागेको छ भन्ने देखाएको छ। धादिङमा ७, ८ वटा केस रिर्पोटेड भएको थियो। हाम्रो स्ट्राटेजी भनेको लार्भालाई खोज्ने र नष्ट गर्ने हो। यही स्ट्राटेजीमा रहेर काम गरियो अवेरनेस पनि भयो।

डेंगी सर्ने सिजन मनसुन हो, यतिबेला पानी धेरै पर्ने, खाल्डोमा पानी जम्ने हुनाले यो सिजनमा बढी देखिन्छ भन्न सक्छौ। सहरी क्षेत्रमा यो समस्या बढ्नसक्छ। तर, एउटा जिल्ला बढी प्रभावित होला भनेर भन्न सकिँदैन।

सरकारले नियन्त्रणको लागि के गर्दैछ ?
इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले बजेट बनाउँदा गत वर्षको डेंगी बिरामीको तथ्याङकको आधारमा सबै पालिकामा डेंगीको लार्भालाई खोज्ने र नष्ट गर्ने अभियानका रुपमा काम गर्न भनेर पैसा पठाएका थियौं।

गत वर्ष केसको आधारमा त्यही पालिकामा थोरै रिर्सोस पठाएका छौं। तर, यो रिर्सोसले नपुग्ने भएर त्यहाँको स्थानीय सरकारले रिर्सोस मोबिलाइजेसन गर्नसक्छ। कुनै ठाउँमा बढी केस देखियो भने हामी टेक्नीकल सर्पोटको लागि तयार छौं। हामीले सक्ने सहयोग गछौं।

समस्या हुन नदिन के गर्न सकिन्छ ?
अहिले किट जन्य रोगको प्रकोप बढेदो अवस्थामा छ। यो प्रकोप मंसिरसम्म देखिन सक्छ। त्यसैले पनि सबैजना सचेत हुन आवश्यक छ। त्यसको लागि आफ्नो घर वरीपरीको वातावरण सफा राख्नुपर्छ।

स्कुल तथा समुदायमा जनचेतनाका कार्यक्रम चलाउनुपर्छ। यो सिजनमा धेरै पानी पर्ने भएकाले घरवरीपरी पानी जम्न दिनुहुँदैन। कपडा लगाउँदा फूल बाउला भएको कपडा लगाउनुपर्छ। लामखुट्टेले टोक्ने ठाउँमा फुल कपडा लगाएर वा सावधानी अपनाएर मात्र जानुपर्छ। डेगींको जस्तो केही लक्षण देखिएमा तुरुन्तै अस्पताल जानुपर्दछ।

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : ३५ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को