माओवादी बैठक स्थगित, अन्यौलमा पदाधिकारी चयन « Khabarhub

माओवादी बैठक स्थगित, अन्यौलमा पदाधिकारी चयन


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरणले जानकारी दिएका छन् ।

आइतबार सुरु बैठकमा आज अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने तयारी थियो । हाल महासचिवसहित १४ पदाधिकारी चयनका विषयमा पार्टीमा छलफल भइरहेको बुझिएको छ।

पदाधिकारीका आकांक्षी धेरै देखिनु र महासचिवमा कसलाई लैजाने भन्ने अन्योलका कारण अध्यक्ष प्रचण्ड यस पटक पनि पदाधिकारी चयनलाई थाँती राख्ने मनस्थितिमा पुगेको एक नेताको दाबी छ।

नेताहरुले बैठक लम्ब्याएर भए पनि पदाधिकारी चयन टुंग्याउनु पर्नेमा जोड दिइरहेका छन् । बैठक तीन दिन चल्ने बताइएको थियो तर नेताहरुले ५ दिनसम्म लगाएर भए पनि पार्टी पदाधिकारी टुंग्याउनु पर्ने भन्दै दबाब दिइरहेका छन् ।

विधान अनुसार माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । गत पुसमा महाधिवेशन भए पनि माओवादीमा अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेको छैन ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : ०८ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी