खोटाङमा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु « Khabarhub

खोटाङमा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको बालविकास आधारभूत विद्यालय पिपचाहीमा चालू शैक्षिक सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठन–पाठन सुरु गरिएको हो । तिलुङ भाषाको पठन–पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले विद्यालयलाई हस्तान्तरण गरेकी छन् ।

तिलुङ भाषाको पठन–पाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो । चालू शैक्षिक–सत्रबाट च्यास्मिटारकै पिपलटार आधारभूत विद्यालयमा पनि तिलुङ भाषामा पठन–पाठन सुरु गर्ने तयारी गरिएको छ ।

पिपलटार आधारभूत विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन बाँकी छ । लोपोन्मुख भाषाको संरक्षण र संबर्द्धनका लागि तिलुङभाषी विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा सोही विषयलाई ऐच्छिक विषयका रुपमा समावेश गरिएको हो । हालसम्म कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ राई बुगाकिमले जनाएको छ । राईमध्ये कम जनसंख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा पुगेको तिलुङभाषी विद्यार्थीको बाहुल्यता भएका अन्य विद्यालयमा क्रमशः भाषाको पठन–पाठन हुने नगरपालिकाले जनाएको छ ।

२०७० जेठ १३ र १४ गतेको काठमाडौंमा भएको भेलाले पहिलोपल्ट तिलुङ भाषाको बर्ण निर्धारण तथा पहिचान गरेको थियो । यस्तै, आफ्नो भाषालाई पुस्तकमा दस्ताबेजीकरणका लागि २०७१ वैशाख तेश्रो साता च्यास्मिटारका तिलुङभाषी बुढापाकालाई काठमाडौँ लगेर तिलुङ भाषाको शब्द संकलन गरिएको थियो । तिलुङ भाषाको संरक्षणका लागि २०६८ साल साउन ७ गते चावहिलमा भएको भेलाले पहिलोपल्ट हिमालसेर तिलुङ राईको संयोजकत्वमा तिलुङ भाषा तथा संस्कृति उत्थान समिति गठन गरेको थियो ।

खोटाङको च्यास्मिटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा, डिकुवा तथा उदयपुरको लेखगाउँ, बाँसबोटे, रिस्कु, रुपटार, ठानागाउँ, तावाश्री, ओखलढुंगाको सल्ले, सिराहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौंलगायतका ठाउँमा तिलुङ राईको बसोबास छ । हाल तिलुङ भाषाको अस्तित्व संकटमा परेको छ । राम्ररी तिलुङ भाषा बोल्न जान्ने केही बुढापाकाहरु खोटाङको च्यास्मिटार र उदयपुरका केही गाउँमा मात्र बाँकी छन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : ४८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण