‘जेरी २’ घोषणा : अनमोलसँग सम्झौता  « Khabarhub

‘जेरी २’ घोषणा : अनमोलसँग सम्झौता 


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेता अनमोल केसी पछिल्लो समय एकपछि अर्को फिल्मका लागि हस्ताक्षर गरिरहेका छन् । ‘छड्के २’ छायांकनको तयारीमा रहेका अनमोलले यसैसाता सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्म र सरोज न्यौपानेको निर्माणमा बन्ने फिल्म ‘जेरी २’ मा अभिनय गर्ने सहमति दिएका छन् ।

सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित फिल्मको दोस्रो श्रृंखलामा अनमोल जोडिएका हुन् । आइतबार काठमाडौँको मेरियट होटेलमा निर्माता र अनमोलबीच लिखित सहमति भएको हो । फिल्मलाई बीसीले नै निर्देशन गर्ने भएका छन् भने निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन् ।

दुवै निर्माता र अनमोलबीच लिखित सहमति भएको हो । निर्माता न्यौपानेका अनुसार अनमोलका अन्य फिल्मसँगको छायांकन तालिका मिलाएर फ्लोरमा जाने तयारी भएको छ । फिल्मलाई नेपालसहित अमेरिका र अस्ट्रेलियामा छायांकन गर्ने तयारी छ।

यसअघि फिल्मको नायिकामा आना शर्मा थिइन् । तर ‘जेरी २’ मा आनाको निरन्तरता नहुने सम्भावना छ। नायिका निश्चित नभइसकेको निर्माता न्यौपानेले बताए । फिल्मलाई २०८० सालको दसैँमा रिलिज गर्ने योजना छ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : २० बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण