लमजुङको पहिरोले मनाङ यात्रा सकस | Khabarhub Khabarhub

लमजुङको पहिरोले मनाङ यात्रा सकस


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- हिमाली जिल्ला मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेसीँसहर–चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकस बनेको छ । अधिकांश स्थानमा वर्षा लागेपछि सडक ठाउँ–ठाउँमा पहिराका कारण अवरुद्ध हुँदै आउने गर्दछ । सडक सञ्जालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन ।

ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ आवतजावत मात्र नभई विकास निर्माणमा समेत असर परेको छ । सोही मार्गमार्फत जिल्लामा खाद्यान्न, पूर्वाधार विकासका सामग्री ढुवानी हुने गर्दछ । समय–समयमा पहिरा खस्दा आवतजावत नै बन्द हुने गरेको छ ।

केही समययतादेखि वर्षाका कारण लमजुङको बेँसीसहर नगरपालिकास्थित खरखरे, मर्स्याङ्दी  गाउँपालिकास्थित  अर्खले, च्याम्चे,  स्याङगे,  सिरचौरलगायतका ठाउँमा पहिराका कारण सवारी आवागमनमा समस्या भएको छ । मनाङवासीले यही मार्ग हुँदै खाद्यान्नलगायत विकास निर्माणका लागि पूर्वाधारका सामग्री ओसारपसार गर्नुपर्ने हुन्छ । समयमा सामग्री पुर्‍याउन नसक्दा  विकास निर्माणका काममा ढिलाइ हुने ठेकेदार कम्पनी क्याराभान कन्सल्टेन्सीका सबइञ्जीनियर नारायण लामाले बताए। प्राकृतिक विपद्ले मनाङको विकास र पुनः निर्माणको काम पाए पनि बाढपहिरो र हिमपातले गर्दा समयमा पूरा गर्न नसकिएको उनी बताउँछन्।

वर्षामा बाढी–पहिरो, हिउँदमा हिमपातले गर्दा जिल्लाको विकास निर्माण तथा खाद्यान्न ढुवानीमा समस्या भएको छ । कहिले हिमपात त कहिले बाढीपहिराको बाहनाले निर्माणमा ढिलाइ गर्ने गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। “प्राकृतिक भू–बनोट पनि विकट छ । ठेकेदार कम्पनीलाई बहाना बनाउने आधार बनेको छ । यो बहानालाई समाधान गर्न लागिरहेका छौँ । सडक निर्माणको कामलाई दबाब दिँदै समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउने प्रयासमा छौँ, उनले भने।

लमजुङ सदरमुकामबाट मनाङको सिमानासम्म कूल ३५ किलोमिटर लमजुङतर्फ यस सडकमा मात्रै करिब ३५ ठाउँमा पहिरो खसेको अवस्था छ । बर्सेनि यो समस्याले मनाङवासीका साथै पैदल यात्री पर्यटकलाई आवतजावतमा कठिनाइ भएको स्थानीय बताउँछन् । सहज तवरबाट यात्रा गर्न कहिले पनि नपाउने हो कि भन्ने मनाङवासीको चिन्ताको विषय बनेको छ ।

हुन त मनाङ र लमजुङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडकको स्तरोन्नति एवं कालोपत्र गर्ने केही स्थानमा भएको छ । तर पनि सहज भने हालसम्म पनि बनाउन सकिएको छैन । क्याराभानले विसं २०७२ देखि पाएको ठेक्का हालसम्म पनि पूरा गर्न सकेको छैन ।

बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्नका लागि पहिलो चरणको कार्य हालसम्म सम्पन्न भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सडक चौडाइ गर्ने, पर्खाल उठाउने, कटिङ गर्ने, कल्भर्ट बनाउने, नाली बनाउनेलगायतका काम भइरहेको छ ।

पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र मान्छे हिँड्ने एक मिटरको सडक चौडाइ हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फमात्रै नाली निर्माण हुने भएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ११ : १६ बजे

दलभित्रको असहमतिको तत्काल समाधान खोजियोस् : सांसद भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले तत्काल सदनमा देखिएको

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रूपन्देही– सिद्धार्थनगर नगरपालिका-३ स्थित सडकमा देवकोटा चोकबाट मेडिकल कलेजतर्फ जाँदै गरेको युपि

दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु

एजेन्सी – भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा भएको सडक दुर्घटनामा एक

आफ्नो गिरफ्तारीसम्बन्धी समाचार ‘डिलिट’ गर्न भरत जंगमको माग

काठमाडौं– सहकारी सञ्चालक भरतमणि जंगमले आफ्नो गिरफ्तारीबारे प्रकाशित समाचारहरु डिलिट

आलमलाई सफाइ दिने दुवै न्यायाधीश सर्वोच्च तानिए, छानबिन थालियो

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत