बाली विज्ञान अध्ययनरत विद्यार्थीको राइनासमा धान खेती « Khabarhub

 बाली विज्ञान अध्ययनरत विद्यार्थीको राइनासमा धान खेती


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको राइनास नगरपालिका-४ सातविसेमा रहेको सौभाग्योदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले धान खेती गरेका छन् ।  कृषि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीले विद्यालयको चार रोपनीभन्दा बढी जमिनमा सामूहिक धान खेती गरेका हुन् । 

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितीमा शिक्षक र विद्यार्थीले राइनास नगरपालिका- ४ को टिमुरेस्थित विद्यालयको जग्गामा उन्नत जातको धान रोपेका हुन् । कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाईसँगै व्यावहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले विद्यालयले गत वर्षबाट असारे धान खेती लगाउन सुरु गरेको विद्यालयका प्रधानाध्यापक दिनानाथ त्रिपाठीले बताए। 

विद्यार्थीले धान खेतीसँगै समयअनुसारको तरकारी खेती पनि गर्दै आएका छन् । परम्परागत खेतीलाई आधुनिक प्रविधिबाट सिकाउने उद्देश्यले विद्यालयले सैद्धान्तिक र प्रयोगात्मक शिक्षासँगै कृषिसँग सम्बन्धित् आवश्यक संरचना निर्माणलाई पनि प्राथामिकता दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वतन्त्र हमालले बताए  । 

बाली विज्ञानअन्तर्गत गत वर्ष एसईई दिएका ४० जना नतिजाको पर्खाइमा छन् भने हाल कक्षा ९ मा ४२ जना र कक्षा १० मा ४३ जना विद्यार्थी अध्ययनरत छन् ।   २०१२ सालमा प्राविको रुपमा स्थापित विद्यालय २०२५ सालबाट माध्यमिक तह सञ्चालनमा आएसँगै २०७६ सालदेखि कक्षा ९ मा कृषि बाली विज्ञानको पढाइ शुरु भएको हो । विद्यालयले चालु शैक्षिक सत्रबाट ११ कक्षा सञ्चालनको तयारी गरेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ५७ बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले