बाली विज्ञान अध्ययनरत विद्यार्थीको राइनासमा धान खेती « Khabarhub

 बाली विज्ञान अध्ययनरत विद्यार्थीको राइनासमा धान खेती


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको राइनास नगरपालिका-४ सातविसेमा रहेको सौभाग्योदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले धान खेती गरेका छन् ।  कृषि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीले विद्यालयको चार रोपनीभन्दा बढी जमिनमा सामूहिक धान खेती गरेका हुन् । 

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितीमा शिक्षक र विद्यार्थीले राइनास नगरपालिका- ४ को टिमुरेस्थित विद्यालयको जग्गामा उन्नत जातको धान रोपेका हुन् । कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाईसँगै व्यावहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले विद्यालयले गत वर्षबाट असारे धान खेती लगाउन सुरु गरेको विद्यालयका प्रधानाध्यापक दिनानाथ त्रिपाठीले बताए। 

विद्यार्थीले धान खेतीसँगै समयअनुसारको तरकारी खेती पनि गर्दै आएका छन् । परम्परागत खेतीलाई आधुनिक प्रविधिबाट सिकाउने उद्देश्यले विद्यालयले सैद्धान्तिक र प्रयोगात्मक शिक्षासँगै कृषिसँग सम्बन्धित् आवश्यक संरचना निर्माणलाई पनि प्राथामिकता दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वतन्त्र हमालले बताए  । 

बाली विज्ञानअन्तर्गत गत वर्ष एसईई दिएका ४० जना नतिजाको पर्खाइमा छन् भने हाल कक्षा ९ मा ४२ जना र कक्षा १० मा ४३ जना विद्यार्थी अध्ययनरत छन् ।   २०१२ सालमा प्राविको रुपमा स्थापित विद्यालय २०२५ सालबाट माध्यमिक तह सञ्चालनमा आएसँगै २०७६ सालदेखि कक्षा ९ मा कृषि बाली विज्ञानको पढाइ शुरु भएको हो । विद्यालयले चालु शैक्षिक सत्रबाट ११ कक्षा सञ्चालनको तयारी गरेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ५७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना