लुगान्स्क क्षेत्र रुसको नियन्त्रणमा, थप आक्रामक बन्न पुटिनको निर्देशन « Khabarhub

लुगान्स्क क्षेत्र रुसको नियन्त्रणमा, थप आक्रामक बन्न पुटिनको निर्देशन


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई युक्रेनमा रुसी हमला आक्रामक बनाउन आदेश दिएका छन् । रुसी सेनाले सम्पूर्ण लुगान्स्क क्षेत्रलाई नियन्त्रण लिइरहेका बेला पुटिनको उक्त आदेश आएको हो ।

‘पूर्वी समूह र पश्चिम समूहलगायत सैन्य एकाइहरूले पहिले स्वीकृत योजनाअनुसार आफ्नो कार्य पूरा गर्नुपर्छ’, युक्रेनमा रुसले चाल्नुपर्ने आगामी कदमबारे पुटिनले रक्षामन्त्री सोइगुलाई भने ।

पुटिनले अगाडि थपे, ‘मलाई आशा छ कि सबै कुरा उनीहरूको दिशामा जारी रहनेछ, जुन लुगान्स्कमा भएको छ । ’सोइगुले पुटिनलाई यस साताको अन्त्यमा रुसी सेनाले लुगान्स्क क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिएको बताएका थिए । लुगान्स्क क्षेत्रलाई नियन्त्रण क्रेमलिनको लागि ठूलो विजय भएको जनाइएको छ ।

पुटिनले सोमबार लुगान्स्क अभियानमा भाग लिएका सेनाले आराम र आफ्नो लडाई क्षमता पुनविकसित गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : ०२ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै