प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री खाण « Khabarhub

प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री खाण


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन् ।  मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै गृहमन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका हुन् । 

बैठकमा गृहमन्त्री खाणले भने, ‘राजधानीको सुरक्षा गर्ने नेपाल प्रहरीको अधिकारभन्दा पनि जिम्मेवारी हो । जनताको पनि सुरक्षा गर्ने प्रहरीको जिम्मेवारी हो । अन्तर्राष्ट्रिय परिदृश्य बदलिइरहेका छन्, त्यसकारण सुरक्षा संवेदनशीलता बढिरहेको छ । सुरक्षासँग सम्बन्धी कतिपय नीति निर्णयको गोपनीयता पनि राख्नुपर्ने हुन्छ’ । 

काठमाडौं उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्नेमा उनले जोड दिए । ‘काठमाडौं एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान नै किडन्याप भएर गयो । नेपालले मात्र होइन, जसको विमान किडन्याप भयो उसले पनि मूल्य चुकाउनुपर्‍यो । अहिले पनि पश्चिमा आकाशमा विमान बन्देज छ । यसबीचमा नेपालमा दुई देशका राष्ट्रप्रमुख आउनुभएको थियो । त्यसको सुरक्षामा १० हजार जनशक्ति परिचालन गर्नुपर्‍यो । त्यो किन गरियो भने नेपाल सुरक्षित गन्तव्य हो । अन्तर्राष्ट्रिय चासो र विश्वसनीयता पनि बढेर जान्छ भन्ने थियो’ उनले भने । 

 प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा नभएर काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको उनले बताए ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : ०७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण