नियमावलीको विरोधमा वन उपभोक्ता महासंघको प्रदर्शन « Khabarhub

नियमावलीको विरोधमा वन उपभोक्ता महासंघको प्रदर्शन


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले स्थानीय समुदाय, महिला तथा संघीयता विरोधी वन नियमावलीलाई स्वीकृत गरेर राजपत्र प्रकाशित गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले नियमावली जलाएका छन् ।

मंगलबार वन परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरूले नियमावलीको प्रति जलाएका हुन् । उनीहरूले वन नियमावली नीतिगत भ्रष्टाचार बढाउने गरी आएको, सामुदायिक वन सातौँ कार्यशाला गोष्ठीको घोषणापत्र विपरीत आएको र वन ऐन २०७६ समेत विपरीतको भएको भन्दै वन नियमावली खारेज गर्न माग गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले वन नियमावलीको विषयमा महासंघले दिँदै आएको सुझावको विपरीत नियमावली आएको आरोप लगाए। संविधान विपरीत नियमावली आएको र यसले वन उपभोक्ता समूहको अधिकारलाई कुण्ठित गरेको उनले बताए।

उनले सबै अधिकार संघीय सरकारले लिने गरी ल्याएको नियमावली कुनै हालतमा मान्य नहुने स्पष्ट पारे।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : ५३ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण