देश/प्रदेश

नियमावलीको विरोधमा वन उपभोक्ता महासंघको प्रदर्शन

By खबरहब

July 05, 2022

काठमाडौँ- सरकारले स्थानीय समुदाय, महिला तथा संघीयता विरोधी वन नियमावलीलाई स्वीकृत गरेर राजपत्र प्रकाशित गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले नियमावली जलाएका छन् ।

मंगलबार वन परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरूले नियमावलीको प्रति जलाएका हुन् । उनीहरूले वन नियमावली नीतिगत भ्रष्टाचार बढाउने गरी आएको, सामुदायिक वन सातौँ कार्यशाला गोष्ठीको घोषणापत्र विपरीत आएको र वन ऐन २०७६ समेत विपरीतको भएको भन्दै वन नियमावली खारेज गर्न माग गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले वन नियमावलीको विषयमा महासंघले दिँदै आएको सुझावको विपरीत नियमावली आएको आरोप लगाए। संविधान विपरीत नियमावली आएको र यसले वन उपभोक्ता समूहको अधिकारलाई कुण्ठित गरेको उनले बताए।

उनले सबै अधिकार संघीय सरकारले लिने गरी ल्याएको नियमावली कुनै हालतमा मान्य नहुने स्पष्ट पारे।