अपर सोलु हाइड्रोको आइपीओका लागि ३ गुणा बढी आवेदन « Khabarhub

अपर सोलु हाइड्रोको आइपीओका लागि ३ गुणा बढी आवेदन


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- अपर सोलु हाइड्रोको आइपीओमा ७१ करोड १ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंगलबार) बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १०७ जनाले ७१ लाख १ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३ दशमलव ९० गुणा बढी आवेदन हो ।

कम्पनीले सोमबार ९असार २० गतेबाट सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्टाइएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्  ।

२३ असारसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले अपर सोलु हाइड्राको आइपीओलाई मध्यम जोखिम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : ४५ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको