अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन | Khabarhub Khabarhub

अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारको मुख्य प्रशासनिक भवनलगायतका भौतिक संरचना निर्माणका लागि जनकपुर चुरोट कारखाना परिसरनै उपयुक्त हुने सुझावसहितको प्रतिवेदन अध्ययन समितिले आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ । मधेस प्रदेश सरकारद्वारा भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री राउतलाई आफ्नो अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो । 

मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएपछि प्रदेश सरकारले आफ्नो मुख्य प्रशासनिक भवन लगायतका अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको पहिचान तथा प्राप्तिका लागि भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवको संयोजकत्वमा गठन गरेको थियो । सो समितिले सरोकारवालासँगको छलफल पश्चात तयार पारेको प्रतिवेदन मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरिएको समितिका संयोजकमन्त्री यादवले जानकारी दिए । 

समितिले राजधानीको मूल संरचनाको लागि हाल प्रदेश सरकारको मुख्यालय रहेको जनकपुर चुरोट कारखाना परिसरलाई नै मुख्य प्राथमिकतामा राखी राजधानीभित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्थ जग्गालाई समेटेर प्रतिवेदन तयार पारेको मन्त्री यादवले बताए । जनकपुर चुरोट कारखाना परिसरलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेशसभा भवन रहेको क्षेत्रको जग्गामा अभाव क्षेत्र लगायतका अन्य संरचना निर्माणका लागि सिफारिस गरिएको मन्त्री यादवको भनाइ छ ।

प्रतिवेदन ग्रहण गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्री परिषदको बैठकबाट स्वीकृति प्रदान गरी साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया थालिने बताए ।   

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : ४७ बजे

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी- नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५०

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड कालोपत्र

कास्की- निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक

ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ

वाशिङ्टन – अमेरिकामा रहेका तीन लाख ५० हजार भेनेजुएलीलाई डिपोर्ट

अभ्यास खेलमा दीपेन्द्र र भीमको शतकमा नेपाल १२४ रनले विजयी

काठमाडौं – आईसीसी विश्वकप लिग-२ को अभ्यासका लागि युके पुगेको

भाइ टोनी र बहिनी नेहासँग सम्बन्ध अन्त्यको घोषणा गरेको एक महिनामै सँगै देखिइन् सोनु !

काठमाडौं- भारतीय गायिका सोनु कक्कडले गत अप्रिलमा सामाजिक सञ्जालमा परिवारसँग