किसानको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले तिर्ने « Khabarhub

किसानको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले तिर्ने


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाभित्रका मुख्य पेसा कृषि बनाएका किसानको सिँचाइको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले व्यहोर्ने  भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम तथा बजेटमा  मासिक रुपमा बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्ताको महसुल पनि महानगरपालिकाले नै तिर्ने वार्षिक नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ । यसैगरी वीरगन्ज महानगरलाई शैक्षिक ‘हब’ को रुपमा विकास गरिने पनि योजना अघि बढाइएको छ ।

 छोरीलाई शिक्षित र आत्मनिर्भर बनाउन महानगरका ग्रामीण वडामा कन्या विद्यालय र क्याम्पस स्थापनाको पहल अघि बढाइने  नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए । महानगरका ३२ वटै वडालाई सडक सञ्जालमार्फत जोड्न चक्रपथको निर्माण गरिने कार्यक्रम पनि नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ ।   

वीरगन्ज महानगरको एकीकृत सहरी विकास योजना बनाइ त्यही अनुसार सहरी विकास कार्यलाई अगाडि बढाइने योजनासमेत समावेश गरिएको छ । वडा नं ३० र ३१ मा रहेको गुठी संस्थानको ६५० बिघा जग्गा भाडामा लिएर पूर्वाधारसहितको औद्योगिक क्षेत्र स्थापना गर्न प्रक्रिया अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : ५५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण