रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो  « Khabarhub

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो 


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप- रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापबाट रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको  हो ।

‘बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालले जानकारी दिए ।

उनका अनुसार मृतकको पहिचान भइसकेको छैन । मृत्यु हुनेमा सात जना पुरुष र पाँच जना महिला रहेका प्रहरी निरीक्षक ढकालले बताए ।
दुर्घटनामा घाइते भएका २२ जनाको काभ्रेमा उपचार भइरहेको छ । धुलिखेलमा २१ जना र बनेपामा एक जना घाइतेको उपचार भइरहेको जानकारी दिएका ढकालले हेलिकप्टरबाट उद्धार गरिएका तीन जनाको कहाँ उपचार भइरहेको भन्ने एकीन नभएको जानकारी दिए ।

‘तीन जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको थियो । उनीहरुको कहाँ उपचार भइरहेको छ, एकीन भएको छैन,’ उनले भने, काभ्रेमा उपचार भएका २२ जनामध्येमा छन् कि अन्त कतै लगिएको र उपचार भइरहेको छ, खुल्न बाँकी छ ।’

रामेछापको हिलेदेवीबाट छुटेको सो बस मंगलबार बिहान सवा १० बजे लुभुघाटमा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण पत्ता नलगाए पनि मोडमा कटाउन नसक्दा दुर्घटना भयो कि भन्ने अनुमान गरिएको निरीक्षक ढकालले बताए । न्युज कारखाना

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  २ : ०५ बजे

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै