चट्याङ लागेर २ जनाको मृत्यु, १३ जना घाइते | Khabarhub Khabarhub

चट्याङ लागेर २ जनाको मृत्यु, १३ जना घाइते


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्यूठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर उनीहरूको मृत्यु तथा घाइते भएका हुन् । 

प्युठानको ऐरावती– ६ बिजुलीकोट बस्ने १२ र ७ वर्षका दुई बालकको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । सोही स्थानमा चट्याङ लागेर अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरूको उपचार अहिले जिल्ला अस्पतालमा भइरहेको छ । 

प्युठानकै ऐरावती–१ महारानी बस्ने एक बालिका र तीन जना महिला पनि सोमबार चट्याङ लागेर घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ स्थित एक कच्ची घरमा चट्याङ पर्दा दुई जना घाइते भएका छन् । दैलेखकै महाबु गाउँपालिका–१ खैरिगैरामा परेको चट्याङ लागेर दुई जना घाइते भएका छन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ३ : १३ बजे

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो