सुख्खा पहिरो खसेर एकको मृत्यु « Khabarhub

सुख्खा पहिरो खसेर एकको मृत्यु


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- सुर्खेतको पञ्चपुरी नगरपालिका– ७ डौरीखोला नजिक सुख्खा पहिरो खस्दा एक बटुवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अछामको तुर्माखाँद गाउँपालिका– ६ रानीवनका अन्दाजी ७८ वर्षीय अमृता जैसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पहिरोमा परी गम्भीर घाइते ७२ वर्षीय रती कामीको टाउको, निधारमा गम्भीर चोट लागेको छ । उनीहरू अछाम रानीवनबाट कैलालीतर्फ जाँदै थिए । नेपाली सेनाको पश्चिम बेस क्याम्पले हेलिकोप्टरबाट घाइतेको उद्धार गरी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले पहिरो खस्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भएको बताए।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ३ : ३८ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै