मन्त्री कुँवरद्वारा कोरिया जाने कामदारको भाषा परीक्षा केन्द्रको अनुगमन « Khabarhub

 मन्त्री कुँवरद्वारा कोरिया जाने कामदारको भाषा परीक्षा केन्द्रको अनुगमन


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्रणाली मार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन् । मंगलबार दिउँसो ललितपुरको भैँसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गरेका हुन् ।

मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नु पर्ने नियमका बारेमा बुझ्नु भएको छ । रोजगारीका लागि नेपाल बाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभाग अन्तरगत पर्ने इपिएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिने गर्दछ । यो वर्ष पनि जेष्ठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २ सय जनाले परीक्षा दिइरहेका छन् ।

अहिले विद्यार्थीले परीक्षा दिइरहेका छन् । परीक्षाको एक दिन अघि विद्यार्थीको बायाेमेटिक तथ्यांक राख्ने काम गरिन्छ । त्यसमा परीक्षामा सहभागि हुने विद्यार्थीको सबै जानकारी राखिन्छ र सोही आधारमा अर्को दिन कोरियनले परीक्षा लिने गर्दछ ।

यो वर्ष ४४ हजार जना कृषि र पशुपालन तर्फको परीक्षामा सहभागि भएको इपिएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ५ : २८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान