अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको विरोध प्रदर्शन « Khabarhub

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको विरोध प्रदर्शन


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको र पछि सीसीटीभी फुटेज पनि मेटाएको आरोप लगाउँदै युवासंघले काठमाडौँका सिंहदरबारमा नजिक हनुमानस्थानमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले अर्थमन्त्रीले व्यापारी व्यवसायीलाई पोस्ने काम गरेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले सीसीटिभि फुटेज खाने अर्थपूर्ण मुसा, गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा लगायत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

युवा संघ नेपालका किरण पौडेलले अर्थमन्त्रीलाई कारबाही स्वरुप बर्खास्त नै गर्नुपर्ने बताए । उनले छानबिन समिति बनाए अर्थमन्त्रीलाई नै चोख्याउने काम हुने भएकाले समितिको कुनै औचित्य नभएको धारणा राखे।

युवा संघले अर्थमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ६ : २२ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै