अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको विरोध प्रदर्शन « Khabarhub

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको विरोध प्रदर्शन


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको र पछि सीसीटीभी फुटेज पनि मेटाएको आरोप लगाउँदै युवासंघले काठमाडौँका सिंहदरबारमा नजिक हनुमानस्थानमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले अर्थमन्त्रीले व्यापारी व्यवसायीलाई पोस्ने काम गरेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले सीसीटिभि फुटेज खाने अर्थपूर्ण मुसा, गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा लगायत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

युवा संघ नेपालका किरण पौडेलले अर्थमन्त्रीलाई कारबाही स्वरुप बर्खास्त नै गर्नुपर्ने बताए । उनले छानबिन समिति बनाए अर्थमन्त्रीलाई नै चोख्याउने काम हुने भएकाले समितिको कुनै औचित्य नभएको धारणा राखे।

युवा संघले अर्थमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ६ : २२ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको