संसदीय निर्वाचन मंसिर २ मा गर्न आयोगको प्रस्ताव « Khabarhub

संसदीय निर्वाचन मंसिर २ मा गर्न आयोगको प्रस्ताव


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले आउँदो मंसिर २ गते शुक्रबार प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोग स्रोतले जानकारी दिएको हो ।

आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचन मिति घोषणा गर्ने स्रोतले जनाएको छ। आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्ने गरी सिफारिस तयार पारेको छ । यसअघि स्थानीय तह निर्वाचनमा सरकारले सुरक्षा दिन नसकेको भन्दै दुई चरणमा गर्नेबारे आयोगमा छलफल भएको थियो ।

तर, एकै चरणमा मंसिर २ मा चुनाव गर्न उपयुक्त हुने निष्कर्षमा आयोग पुगेको छ । हिउँद लागेपछि हिमाली भेगमा चुनाव गर्न गाह्रो हुने भन्दै आयोगले यसअघि कात्तिक ३० भित्रै पहिलो चरण र मंसिर पहिलो साता दोस्रो चरणमा चुनाव गर्न सरकारलाई अनौपचारिक सुझाव दिएको थियो ।

यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन भएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियो । प्रदेशसभाको चुनाव पनि सँगै भएको थियो । यस पटक पनि देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुने भएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : २७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति