खोलामा डुबेर बालकको मृत्यु « Khabarhub

खोलामा डुबेर बालकको मृत्यु


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रौटा– कपिलवस्तुको सुरही खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार बहिनी र साथीसँगै घरबाट निस्केका रोका पौडी खेल्ने क्रममा डुबेको जानकारी दिए । रोकाकी बहिनीले स्थानीयवासीलाई घटनाबारे जानकारी गराएकी थिइन् । 

रोकाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । यसअघि पनि सोही स्थानमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको थियो । 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : २३ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल