कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानून मस्यौदाबारे छलफल « Khabarhub

कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानून मस्यौदाबारे छलफल


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदाबारे छलफल भएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा प्रारम्भिक छलफल भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

पार्टीले सो मस्यौदा र भ्रातृ एवं शुभेच्छुक संस्थाको बारेमा छलफल गर्न पार्टीका केन्द्रीय सदस्य रमेश लेखक, मीन विश्वकर्मा र पुष्पा भुसाललाई जिम्मेवारी दिएको छ ।

बैठकमा म्याद सकिएका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाले मान्यता पाऊँ भनी पार्टीमा दिएको निवेदनका बारेमा पनि छलफल भएको सहमहामन्त्री पाण्डेले बताए।

“पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यताको बारेमा अब बस्ने केन्द्रीय समितिको बैठकमा कसरी छलफल गराउने भन्ने बारेमा पदाधिकारी बैठकमा छलफल भएको छ”, उनले भने । आगामी बैठक आगामी असार २६ गते आइतबार बस्ने जनाइएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ८ : १२ बजे

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन