नेपाल–भारत सीमानाका बन्द « Khabarhub

नेपाल–भारत सीमानाका बन्द


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको छ ।

झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने भएकाले आज साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो ।

महाकाली नदीमाथिको उक्त पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

यसैबीच दुवै देशका सुरक्षा निकायले आज पुलको अवलोकन तथा निरीक्षण गरेका छन् । वर्षौँ पुरानो झोलुङ्गे पुल बेला–बेला मर्मत गरिँदै आएको छ ।

झुलाघाटमा मोटरेबल पुलको आवश्यकता भए पनि अहिलेसम्म त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन । पक्की पुलको माग गर्दै बैतडीवासीले बेला बेलामा आन्दोलन समेत गर्दैआएका छन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : १८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान