पेस्तोल र गोलीसहित सर्लाहीमा व्यापारी पक्राउ « Khabarhub

पेस्तोल र गोलीसहित सर्लाहीमा व्यापारी पक्राउ


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्लाहीको हरिवन नगरपालिका–११ मा प्रहरीले पेस्तोल र गोलीसहित एक व्यापारीलाई पक्राउ गरेको छ । पेस्तोल र गोलीसहित हरिवन–११ का ४३ वर्षीय छोटेलाल दास पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार दासको साथबाट एक थान पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको छ ।

दासले हरिवन बजारमा सञ्चालन गरेको किराना पसलमा लुकाइछिपाइ राखेको अवस्थामा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरिएको ताम्रकारले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : ३६ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै