बजेट निर्माणमा उठेका प्रश्नमाथि छानबिन गर्न राष्ट्रिय योजना आयोगका ६ जना पूर्व उपाध्यक्षको माग | Khabarhub Khabarhub

बजेट निर्माणमा उठेका प्रश्नमाथि छानबिन गर्न राष्ट्रिय योजना आयोगका ६ जना पूर्व उपाध्यक्षको माग


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय योजना आयोगका ६ जना पूर्व उपाध्यक्षहरुले बजेट निर्माणका क्रममा उठेका प्रश्नमाथि सरकार, संसद् र संवैधानिक निकायले छानबिन गर्नुपर्ने माग गरेका छन् ।

संकटोन्मुख अर्थतन्त्र र सरकारी अनुशासनहिनताबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुको अपील सार्वजनिक गर्दै उनीहरुले बजेट निर्माणका क्रममा भएको भनिएको अनियमिततामाथि छानबिन गर्न माग गरेका हुन् ।

मंगलबार पूर्वउपाध्यक्षहरु पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, युवराज खतिवडा, दिनेशचन्द्र देवकोटा, गोविन्दराज पोखरेल र पुष्प कँडेलले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरुले वर्तमान आर्थिक समस्यामा सम्बोधनका लागि यथोचित कदम चाल्नका लागि समेत अपिल गरेका छन् ।

मुलुकको अर्थतन्त्र अहिले समस्यामा रहेको र जनताको पसिनाबाट उठेको करको दुरुपयोग भएको भन्दै मूल्यवृद्धि र जनजीविकाका सवालमा सरकारले सम्बोधन गर्न नसकेको उनीहरुको आरोप छ ।

उनीहरुले सरकारले कुशासनलाई नै टेवा पुग्ने गरी काम गरिरहेको समेत आरोप लगाएका छन् । यसकारण थप आर्थिक जटिलताको संकेत गरिरहेको उनीहरुको दाबी छ ।

‘त्यसकारण हामी पूर्वउपाध्यक्षहरु सरकारसमक्ष अहिलेको संकटोन्मुख अर्थतन्त्रको सामना गर्न ठोस योजनाका साथ अघि बढ्न अनुरोध गर्दै बजेट निर्माणमा उठेका प्रश्नहरुमाथि यथोचित छानबिन गर्न मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायसमक्ष माग गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : २९ बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते

नवलपरासी– बर्दघाट–सुस्तापूर्वको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा

एसिया कपको फाइनलका कारण नेपाल र वेष्ट इन्डिज सिरिजको मिति परिवर्तन

काठमाडौं – एसिया कपको फाइनलका कारण नेपाल र वेष्ट इन्डिजबीचको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ । बैठक

शाहरुखको अधूरो प्रेमकथा, प्रियंकाले पूरा गरिन् ‘द साइक्ल अफ लभ’

काठमाडौं – बलिउडका सुपरस्टार शाहरुख खान र ग्लोबल आइकन प्रियंका

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय